Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बाढीले घर बगाउँदा ३ बालबालिका माटोमा पुरिए, १ जना बेपत्ता


  • लुम्बिनी चिन्तन
  • श्रावण १, २०८१ मंगलवार
  • 400
    SHARES

बाढीले घर बगाउँदा ३ बालबालिका माटोमा पुरिए, १ जना बेपत्ता

भैरहवा, साउन १ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा ३ जना बालबालिका पुरिएका छन् । आठबीसकोट नगरपालिकाका का अनुसार ८ वर्षीय हितमाया पुन, ५ वर्षीया धनिसा पुन, ४ वर्षीया मनिसा सार्की पुरिएका र ४० वर्षीया डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन । घर बगाउँदा १० वर्षीया विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन,  ४ वर्षीया मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पाना कामी घाइते भएका छन । खोलामा लेदो माटोमा पुरिएका बालबालिकालाई निकाल्न सकिएको छैन । घाइतेलाई आठबीसकोट नगर अस्पताल राडीमा ल्याउने काम जारी छ । उद्धारका लागि प्रहरी र स्थानीयवासी जुटिसकेको आठबीसकोट नगरपालिकाले जनाएको छ ।  छन् । ” 


लुम्बिनी चिन्तन

थप समाचार