Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


  • लुम्बिनी चिन्तन
  • श्रावण १, २०८१ मंगलवार
  • 274
    SHARES

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

भैरहवा, साउन १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाइएको जानकारी गराएको छ ।  मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । यसैगरी दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ वरपर १७० र तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५७ रुपैयाँ, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार