भैरहवा, साउन ०४ । रुपन्देहीमा आर्थिक बर्ष २०८०,०८१ मा चार सय दुई वटा उधोग ब्यावसाय बन्द भएका छन् ।
आर्थिक मन्दीका कारण घरभाडा, कर्मचारी तलव, बैक किस्ता समयमा भुक्तानी गर्न नसक्दा ३ सय ५४ उधोग र ४७ ब्यावसायीक फम गरि चार सय दुई वटा फर्मले लगतकट्टा गरेको घरेलु तथा साना उधोग कार्यालय रुपन्देहीका उधोग अधिकृत नेत्र प्रसाद भुसालले जानकारी दिए ।
खासगरि साना उधोगहरु जुन घरपरिवारका सदस्यहरु स्वरोजगार हुने किसिमबाट खोलिएका थिए अधिकाम्श तिनै उधोगहरु बन्द भएका छन् उधोग अधिकृत भुसालले भने । यि उधोग ब्यावसाय बन्द हुदा करिव एक हजार पांच सय जनाको रोजगारी खोसिएको अनुमान गर्न सकिन्छ । एउटा उधोग ब्यावसायमा कम्तीमा पांचजनाले रोजगारी पाउने अवस्था रहन्छ उनले भने । तिन लाख देखी एक करोड रुपैया लागत भएका अधिकाम्श उधोग ब्यावसाय बन्द भएको छन् उधोग अधिकृत भुसालले भने ।
अधिल्लो आर्थिक बर्ष २०७९,०८० मा २ सय ५२ उधोग र १५ वटा ब्यावसाय गरि २ सय ८५ वटा उधोग ब्यावसाय बन्द भएकोमा गत बर्षको तुलनामा एक सय १७ वटा बढी उधोग आर्थिक बर्ष २०८०,०८१ मा बन्द भएको धरेलु तथा साना उधोग कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीमा ८ सय ३७ उधोग र १२ सय ८९ बाणिज्य फर्म गरि २१ सय २६ उधोग ब्यावसाय दर्ता छन् । दर्ता भएका ८ सय ३७ उधोगहरु दुई अर्ब ३० करोड ९४ लाख ७४ हजार ६ सय ९८ रुपैया लगानी रहेको छ । त्यसैगरी १२ सय ४४ बार्णिज्य फर्ममा २० करोड ७८ लाख ६० हजार लगानी रहेको छ । 