Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दुई तिहाइले लगाए कोरोना विरुद्धको खोप


  • लुम्बिनी चिन्तन
  • माघ २८, २०७७ बुधवार
  • 976
    SHARES

दुई तिहाइले लगाए कोरोना विरुद्धको खोप
खाेप लगाउदै स्वास्थयकर्मी

भैरहवा।  रुपन्देहीमा कोरोना विरुद्धको खोप अभियानको पहिलो चरणमा बिहीबार सम्म ५ हजार ८ सय ५९ जनाले पहिलो डोजको खोप लगाएका छन्। पहिलो चरणमा खोप लगाउन तोकिएका फ्रन्टलाइनर मध्ये ६७.३४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन।
माघ १४ गतेबाट सुरु भएको १० दिने खोप अभियानमा बिहीबार सम्म ८ हजार ७ सय जनालाई पहिलो डोजको खोप लगाउने लक्ष्य राखीएपनि दुईतिहाईले मात्र खोप लगाएका छन। खोप लगाएपछि कुनै असर हुने हो भन्ने डरले कतिपय खोप लगाउन आएका छैनन्।
अग्रपङ्तीको पहिलो प्राथमिकतामा परेका ३ हजार १ सय ३५ जना स्वास्थ्यकर्मी, १ हजार १ सय ८४ जना स्वास्थ्य संस्थाका कर्मचारी, एक हजार ३ जना महिला स्वास्थ्य स्वय सेविका, ७६ जना सरसफाई कर्मी, ४७ जना एम्बुलेन्स चालक, ३५ जना शव व्यवस्थापन सुरक्षाकर्मी, १९ जना बृद्धाआश्रमका आस्रित तथा हेरालु, ३ सय २७ जना जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी र ३३ जना अन्य जोखिमपूर्णले पहिलो खोप लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बताए। 
सूचना प्रणलीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट बञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको प्रमाण पत्र र परिचय पत्र लिई २४ गते सम्म खोप लगाउन सकिने छ। खोपको अभियान पहिलो दिन २ वटा खोप केन्द्रबाट सेवा दिएपनि अवश्यकता र सहजताका लागि अन्य ३ वटा सम्म खोप केन्द्र थपेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गिरीले _DSC6234.JPGबताए। 
हाल सम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट १९३१, भीम अस्पताल भैरहवाबाट १३७६, युनिभर्सल मेडिकल कलेज भैरहवाबाट १४६७, आम्दा अस्पताल बुटवलबाट ७३८ र देवदह मेडिकल कलेज देवदहबाट ३४७ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए।
खोप लगाएका मध्ये २ जनामा सामान्य ज्वारो देखिएपनि पनि जटिल खालको कुनै पनि असर देखिएको छैन। भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप कोभिशिल्ड ६ महिनामा भित्र प्रयोग गरिसक्नु पर्नेछ । सरकारको पहिलो चरणको कार्यक्रम शनिबार सकिदैछ तत्पश्चात ४ हप्ता पछि दोस्रो खोपको अभियान सुरु हुनेछ। 


  • सम्बन्धित विषय:

  • # कोरोनाविरुद्धको खोप

  • लुम्बिनी चिन्तन

    थप समाचार