Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ निर्माणको भौतिक प्रगति १५ प्रतिशत


  • लुम्बिनी चिन्तन
  • श्रावण ७, २०८१ सोमवार
  • 404
    SHARES

सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ निर्माणको भौतिक प्रगति १५ प्रतिशत

भैरहवा, साउन ०७ । सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ निर्माणको भौतिक प्रगति १५ प्रतिशत नाघेको छ । आयोजनाले सार्वजनिक गरेको पछिल्लो प्रगति प्रतिवेदन अनुसार सिद्धबाबाको मुख्य टनेल ३१६ मिटर खनिएको छ । यहाँ मुख्य टनेलको लम्बाइ ११ सय २६ मिटर रहेको छ । जसमध्ये उत्तरतर्फबाट १४२.५२ मिटर र दक्षिण तर्फबाट १७४.०८ मिटर खन्ने काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । यस सुरुङमा कुल तीन वटा बाइपास (खुला स्थान) रहने छन् । जसमध्ये १५१ मिटर लामो बाइपास प्रथम ६८.३ मिटर, १६१ मिटर लामो बाइपास दोस्रो ६४.५ मिटर १३० मिटर लामो बाइपास तेस्रो ६२.४ मिटर खनिएको छ । टनेल लाइनिङको काम भने अझै सुरु गरिएको छैन । टनेलको लम्बाइ बराबर नै लाइनिङको काम समेत गर्नुपर्छ । स्लोप प्रोटेक्सनतर्फ दक्षिणी पोर्टलमा २३ सय वर्गमिटर काम गर्नुपर्नेमा १४९५ वर्गमिटरको काम सम्पन्न भइसकेको छ । उत्तरी पोर्टलमा ११ सय वर्गमिटर काम गर्नुपर्नेमा ४९५ वर्गमिटर काम भइसकेको छ । समग्रमा आयोजनाको भौतिक प्रगति १५.२० प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।452632304_122158244768170771_2926704384681841293_n.jpg


लुम्बिनी चिन्तन

थप समाचार