Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवामा समुन्द्रीक अनुभूति सहितको दोस्रो वाटरपार्क

४५ करोडको लगानी, एकै साथ ४ हजार जना सहभागी हुन मिल्ने


  • लुम्बिनी चिन्तन
  • चैत्र २४, २०७७ मंगलवार
  • 836
    SHARES

भैरहवामा समुन्द्रीक अनुभूति सहितको दोस्रो वाटरपार्क

भैरहवा । नेपालमै नभएको समुन्ध्रको अनुभुति दिलाउन भैरहवामा वाटर पार्क सञ्चालनमा आउन लागेको छ ।
जल क्षेत्रको माध्यमबाट पर्यटन क्षेत्रको बिकासका लागि ५ जना युवा उद्यमीहरुको लगानीमा लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिर्सोट प्रालि संचालनमा आउन लागेको हो । 
रुपन्देहीको सिद्धार्थनगर १ डण्डा पुल सँगै रहेको पार्क बैशाख १५ गते देखि संचालनमा आउन लागेको प्रालिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । नेपालकै ठूलो वेभ पुल (सामुन्द्रीक छाल)सहितको वाटर फन पार्क रुपन्देहीको तेस्रो हो । हाल ४५ करोडको लगानीमा, साढे ६ विघा क्षेत्रफलमा वाटर पार्क, बैकेंट हल, रेष्टुरेन्ट, कन्फ्रेन्स हल तथा रिसोर्टका साथै अन्य मनोरञ्जनात्मक सेवा प्रदान गरिने प्रालिका संचालक निरज वरालले बताए । l water park (3).JPG
निर्माण सिद्धार्थनगर पर्यटकीय गेट नजिकै संचालनका लागि तयार भएको पार्क हाललई त्यहा रहेको प्रदुषण, अव्यवस्थित सिसाको डम्पीङ र फोहोले संचालनमा ल्याउन सकेका छैनौ । सरोकारवाला निकायले केही समयमा सो समस्या समाधान गर्ने भएकोले नयाँ वैशाखको दोस्रो साताबाट संचालनमा ल्याउने प्रालिले जानकारी दिएको छ । 
अमेरिकन टेक्नोलोजीबाट निर्मित वाटर फनपार्कमा बालबालिकादेखि वयष्कसम्मका ३ हजार ५ सय बढिले एकै साथ मनोरञ्जन लिन सक्नेछन । बालबालिका, युवा र व्यस्कहरु एकै ठाँउमा मनोरञ्जन गर्दा दुर्घटना हुने सम्भावना रहेकोले सोलाई मध्यनजर गरी उमेर समूह अनुसारको सलाइडहरु राखेका छौ । परिवारिक सलाइडमा १० फीट र २० फीट उचाईका ३ वटा सलाइडहरु टनेल सलाइड, ३ लेन सलाइडर रिभोल्भिङ सलाइडहरु रहेको संचालक बरालले बताए । 
यस क्षेत्रकै अग्लो ४० फीटको टावरबाट २ वटा सलाइडीङ र पार्कको अवलोन,  ३० फीटबाट ४ वटा मल्टीलेन सलाइड रेन डान्स, क्रेजी रिभर, एक्वा प्ले, बेबी स्लाडिङ, मसरुम  स्प्रे, अम्ब्रेला सावर, लगायतका मल्टी वाटर खेलका मनोरञ्जनात्मक उपकरण जडान गरिएको अर्का संचालक कमल भुसालले जानकारी दिए ।IMG_20210405_174801.jpg
हामीले युवाहरुका लागि साहसिक सलाइड अन्तर्गत २५ फीट उचाईबाट यस क्षेत्रमा अहिले सम्मकै लामो तिव्र गति २ सय फीटको स्पीड सलाइड पनि जडान गरिरहेका छौ अबको १० पदन भित्र त्यो पनि संचालनमा आउछ भने सेल्फिका लागि सबै उमेर समूहलाई सुहाउने १७–१८ वटा प्वाइन्ट बनाएका संचालक पुष्पराज पौडेलले जानकारी दिए । 
प्राय सबै फनपार्कहरुमा स्वीमिङ कस्टमहरुको मात्र स्टोर भएपनि हामीले नेपालको सस्ंकृति झल्किने हस्तकला, पेन्टिङ तथा घरेलु उद्योगबाट उत्पादित कस्तकलाका सामानको  साविनियर सप, नया टेक्नोलोजी डिजीटल अर्डर मार्फत फुडकोर्टको पनि सुविधा दिने संचालक लोकनाथ भण्डारीले बताए । यसका साथै फारकिलो पाकिङ, प्रतिक्षलय, पार्क, चेन्जिङ रुम तथा लकरको व्यवस्था पनि गरिएको संचालक भण्डारीले बताए । 
३५ जनालाई प्रत्यक्ष रोजगारी दिएको प्रालिले दुबईबाट तालिमप्राप्त लाइफ गार्डको नेतृत्वमा  १७ जना लाइफ गार्ड पनि राखेका छौ । सबै स्लाइड फाइबर ग्लास र अत्यन्तै बलियो फलामबाट बनेकाले सुरक्षित रहेको छ । पानीलाई पूर्ण रूपमा सुरक्षित बनाउन र शत प्रतिशत स्वास्थ सुरक्षालाई ध्यानमा राख्दै अत्याधुनिक वाटर फिल्टर सिस्टमबाट पानी प्रशोधन गरी वातानुकुलित बनाई  पानीलाई पूर्ण रूपमा सुरक्षित बनाएर मात्र प्रयोगमा ल्याइने प्रलिका संचालक नारायण आचार्यले बताए । 

l water park (6).jpgदश हजार वर्गफस्टमा बहुउद्देश्य हल, विभिन्न परिकार सहितको रेष्टुरेन्टका लागि भवन निर्माणको क्रममा छ । यो फनपार्क मनोरञ्जनका लागि एउटा नयाँ गन्तव्य र आकर्षण बनाउने गरी पूर्ण सुरक्षाका साथ दम्पती, पारिवारिक र समूहगतलाई मनोरञ्जन तथा सेवा प्रदान गर्ने लक्ष्य छ । हाल सम्म ४५ करोड लगानी भएपनि सबै सेवाहरु सुचारु गर्न एक अर्ब बढि लगानी लाग्ने प्रालीले जनाएको छ । छिमेकी जिल्लाका साथै लुम्बिनी आउने पर्यटक, भारतको गारेखपुर सम्मको पर्यटकलाई तान्न सक्ने गरी निजी क्षेत्रको लगानीमा पर्यटकीय स्थलको रुपमा विकास गरीएको प्रालिले जनाएको छ । वाटर पार्क प्रवेश टिकटको विषयमा प्रालिले सबै प्याकेजको अनुभव लिने गरी दर कायम गर्ने जनाएको छ जस्मा बालबालिका र अन्य लक्षित समूहका लागि विशेष छुटको व्यवस्था दिने गरी तयारी अगाडि बढाएको छ ।

भैरहवामै ठूला ठूला लगानीका योजनाहरु आउनुले यसले भैरहवा लगानीको लागी उपयुक्त रहेको सन्देश दिएको उद्योगी व्यवसायीको भनाई छ । उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले यसको सञ्चालनको वातावरण मिलाईदिने दायित्व निजि क्षेत्र र सरकारको रहेको बताए । उनले यस क्षेत्रमा पर्यटकहरुले घुम्ने ठाउ नभएको गुनासो गरि रहेको अवस्थामा यसले उनीहरुको गुनासो मेट्ने आधार तय भएको बताए । उनले निजि क्षेत्रले पनि यस क्षेत्रको विकास र समृद्धि चाहेको र भारतीय पर्यटक र बिदेशी पर्यटकलाई रमाउने थलोको रुपमा परिचित गराउन खोजेको पहलमा पार्कले सहयोग गर्ने बताए । कोभिडको संक्रमणमा मुलुक रहे पनि बिस्तारै यो सहज हुने र राज्यले पनि पर्यटकलाई यहा सम्म आउने वातावरण बनाई दिनु पर्नेमा उनले जोड दिए ।

यस्तै नाट्टाका प्रदेश अध्यक्ष बिष्णु प्रसाद शर्माले पनि उनले कोभिड अन्त्य भए पछि पार्कको माध्यमबाट भारतीय पर्यटकबाट ठूलो आय आर्जन गर्न सक्ने सम्भावना रहेको बताए । उनले पनि पार्क सञ्चालनले पर्यटन ब्यवसायीहरुमा उत्साह थपेको बताए । उनले प्याकेजको रुपमा समावेश गरि पर्यटकलाई भुलाउने थलोको रुपमा विकसित गरिने बताए । पार्कलाई निरज बराल, कमल भुसाल, पुष्पराज पौडेल, लोकनाथ भण्डारी, नारायण आचार्यको लगानी रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार