Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बसमा फल्स बटन बनाई अवैध कपडा तस्करी, २ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • चैत्र २४, २०७७ मंगलवार
  • 1.2K
    SHARES

बसमा फल्स बटन बनाई अवैध कपडा तस्करी, २ जना पक्राउ

भैरहवा ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध सामग्री ओसारपसार गरेको अभियोगमा बससहित २ जनालाई पक्राउ गरेको छ । नियमित चेकजाँचका क्रममा बसको मुनीपट्टी छुट्टै बक्स बनाई अवैध कपडा ओसार पसार गरिहेको अवस्थामा पक्राउ गरेको हो ।


सोमबार सिद्धार्थनगर नगरपालिका–१३ भैरहवा बसपार्कबाट लु १ ख ६२९१ नम्बरको बससहित चालक र सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए । उनीहरुको साथबाट ११ लाख ८५ अजार मूल्य बराबरको लत्ताकपडा बरामद भएको छ । पक्राउ पर्नेमा स्याङजाको गल्याङ नगरपालिका–१ बस्ने ३६ वर्षिय चालक ओम बहादुर हिस्की सो सोही ठाउँ बस्ने २३ वर्षिय सहचालक तोरणबहादुर थापा रहेका छन् ।


भारतबाट चोरी पैठारी गरी टिसर्ट–१५० थान, हाफ पाईन्ट १२० थान र सर्ट १७० लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारी स्थानीयको रोहबरमा कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार