Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमा क्षति, डाइभर्सन गरियो


  • लुम्बिनी चिन्तन
  • श्रावण १६, २०८१ बुधवार
  • 544
    SHARES

महोत्तरीमा पूर्वपश्चिम राजमार्गमा क्षति, डाइभर्सन गरियो

भैरहवा, साउन १६ । महोत्तरीको बेलगाछी पुलमा बाढीले क्षति पु¥याउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बर्दिबास भन्दा पश्चिम टुटेश्वर नजिक रहेको ढुंग्रेखोलामा आएको बाढीले बेलगाछी पुलमा पु¥याएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग भत्किएको छ । सडकमा क्षति पुगेपछि रातिदेखि नै यातायात ठप्प छ ।राजमार्गमा क्षति पुगेपछि माईस्थान चोकबाट डाइभर्सन गरिएको छ । माइस्थान चोकबाट गौशाला रोड हुँदै हुलाकी सडकमा निस्किएर कान्तिबजार, लक्ष्मीनियाँ हुँदै पुनः पूर्वपश्चिम राजमार्गमा निस्किने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार