Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रेडक्रसमा महिलाहरुको सहभागीता बढाउनुपर्नेमा जोड


  • लुम्बिनी चिन्तन
  • माघ २८, २०७७ बुधवार
  • 994
    SHARES

रेडक्रसमा महिलाहरुको सहभागीता बढाउनुपर्नेमा जोड
रेडक्रस साधारणसभा

भैरहवा। रेडक्रसमा महिलाहरुको सहभागीता बढाउनुपर्ने भैरहवामा आयोजित कार्यक्रममा बताइएको छ। नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाकोे १६ औँ साधारण सभामा सहभागीहरुले अरु संस्था जस्तै रेडक्रसमा पनि महिला सहभागीता बढाउनुपर्ने बताएका हुन्। कार्यक्रममा सविंधान सभा सदस्य इस्तियाक अहमद खानले महिलाहरुले खोसेर भएपनि रेडक्रसमा सहभागिता जनाउनुपर्ने बताए। उनले सामाजिक सस्था रेडक्रस पनि पुरुष प्रधान रहेकाले  अब कम्तिमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनपर्ने उल्लेख गरे। 
नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले समाजमा रेडक्रसको आवश्यकता रहेकोले कम्तिमा ३० प्रतिशत महिला रहने प्रावधान ल्याउन जोड दिएको बताए। उनले रेडक्रसको विधान बनाउन ७ वटै प्रदेशमा तदर्थ समिति पुगी छलफल गरीरहेको बताउदै ७७ जिल्लाकै उपशाखाहरुले सम्पति विवरण र अडिट रिर्पोट सहित नविकरण गर्न केन्द्रिय कमिटिले भुमिका खेलेको जानकारी समेत दिए। 
रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सभापति संजीव शर्मा रेग्मीको अध्यक्षतामा भएको  कार्यक्रममा रेडक्रसका जिल्ला उपसभापति दिपक क्षेत्री न्यौपाने, निवर्तामान केन्द्रिय उपाध्यक्ष सुर्दशन नेपाल, सतिश कुमार चौधरी, बाबुराम पौडेल, कुलप्रसाद न्यौपाने, गोपालराज भण्डारी, सुशिल गुरुङ, रुपमा हिराचन लगायतले जहाँ दुःख त्यहा रेडक्रस भन्ने नारालाई आत्मसात गर्दै सेवा मानविय सेवाको साथ लाग्न आग्रह गरे। 
६ सय बढि आजिवन सदस्य रहेको रेडक्रसले प्रशिक्षण कार्यक्रम, रक्तदान, जुनियर रेडक्रस र्सकलको गठन, अजिवन सदस्य बृद्धि, विपतमा सहयोग तथा तालिमको आयोजना लगायतका कार्य गर्दै आएको छ। कार्यक्रममा सविंधान सभा सदस्य इस्तियाक अहमद खानले सस्थाको भवन निर्माणका लागि १० धुर जग्गा प्रदान गर्ने घोषणा समेत गरेका थिए। 


लुम्बिनी चिन्तन

थप समाचार