Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मौज्दात दुग्ध पदार्थ सस्तोमा बेचेर किसानको बक्यौता तिर्ने सरकारको तयारी


  • लुम्बिनी चिन्तन
  • श्रावण १८, २०८१ शुक्रवार
  • 494
    SHARES

मौज्दात दुग्ध पदार्थ सस्तोमा बेचेर किसानको बक्यौता तिर्ने सरकारको तयारी

भैरहवा, साउन १८ । मौज्दात दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानको बक्यौता रकम तिर्ने तयारी कृषि मन्त्रालयले थालेको छ । डेरीले नगदमा दूध बेचे पनि किसानलाई उधारो राख्ने परिपाटी अन्त्य गर्न मन्त्रालयले गृहकार्य थालेको जनाएको हो । असार मसान्तसम्म दुग्ध विकास संस्थन डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता करिब १ अर्ब ४८ करोड थियो। साउन तेस्रो सातासम्म आइपुग्दा बक्यौता रकम झन्डै २ अर्ब पुगेको छरु। डीडीसीले ८ वटा आयोजनामार्फत दूध संकलन गर्दै आएको छरु। करिब १२ सय दुग्ध उत्पादक सहकारीमार्फत काभ्रे, सिन्धुपाल्चोक, इलाम, मोरङ, पाँचथर, बुटवल, कपिलवस्तु, तौलिहवालगायत ४६ बढी जिल्लाबाट दूध संकलन गरिन्छ। १२ सय सहकारीमा करिब २ लाख किसान परिवारको संलग्नता छरु। तर ती किसानले दूध बेचेको पैसा पाएका छैननरु। हाल डीडीसीसँग ७ सय ९३ टन बटर र करिब साढे ९ सय टन धूलो दूध मौज्दात छरु। धूलो दूधको मौज्दात घटे पनि बटर बिक्री हुन सकेको छैन। 


लुम्बिनी चिन्तन

थप समाचार