Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

प्युठानमा एकै परिवारका तीनजनामा हैजा संक्रमण


  • लुम्बिनी चिन्तन
  • श्रावण १८, २०८१ शुक्रवार
  • 452
    SHARES

प्युठानमा एकै परिवारका तीनजनामा हैजा संक्रमण

भैरहवा, साउन १८ । प्युठानमा तीनजनामा हैजा संक्रमण  पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।गौमुखी गाउँपालिका– ५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मीनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट संक्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनैजनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनैजनामा हैजा पुष्टि भएको हो,’ उनले भने । गौमुखी गाउँपालिकाका आठजनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा  उपचार भइरहेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार