Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रेडक्रस सैनामैना दुधराक्ष उप–शाखाले लगायो १०८ पिपलका विरुवा


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८१ आइतवार
  • 432
    SHARES

रेडक्रस सैनामैना दुधराक्ष उप–शाखाले लगायो १०८ पिपलका विरुवा

भैरहवा, साउन २० । नेपाल रेडक्रस सोसाइटी सैनामैना दुधराक्ष उप–शाखा, रुपन्देहीको आयोजनामा शनिबार रेडक्रस वाटिकाको शिलान्यास तथा १०८ पिपलका विरुवाहरु लगाउने कार्यक्रम शनिवार सम्पन्न भएको छ । कार्यक्रमको शुभारम्भ रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले गरेका थिए ।त्यसअवसरमा सांसद् घिमिरेले सामाजिक क्षेत्रमा निस्वार्थ सेवामा क्रियाशील संस्थाले वातावरण र पर्यावरणको महत्वलाई समाजमा स्थापित गराउनको लागि वृक्षरोपण कार्यक्रम गरेको बताए । उनले पिपलका विरुवाहरु लगाउने कार्य गरेको भन्दै रेडक्रसको प्रशंसा गरे । उनले रेडक्रसले मानव जीवनको लागि अतिआवश्यक रक्तदान जीवनदान कार्यक्रमको सञ्चालन गर्नुका साथसाथै थप सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण एवं रेडक्रस वाटिका निर्माण जस्ता कार्य समाजको लागि नमूना कार्यक्रम भएको बताए ।कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले रेडक्रसको वृक्षरोपण तथा बाटिका निर्माण कार्यको प्रशंसा गरिन् । उनले लुम्बिनीमा आउने पर्यटकहरुलाई सैनामैना नगरपालिकाको मलमला क्षेत्रमा ल्याउने योजना नगरपालिकाको रहेको बताइन् । उनले यस्ता उदारणीय कार्यले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउनुका साथै पिपलको धार्मिक महत्व र मानव जीवनको लागि अतिआवश्यक प्राण वायू अक्सिजन उत्पादनमा पिपलले खेल्ने भूमिकाका विषयमा प्रकाश पारेकी थिइन् । आगामी वर्षहरुमा यी र यस्तै बाटिकाहरुका प्रवद्र्धन, संरक्षण र विकासको लागि नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्ने उनले बताइन् । कार्यक्रममा नेपाल रेडक्रस लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनीे, जिल्ला रेडक्रस उपसभापति हिरा चन्द, शान्ति समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनाल, सैनामैना वडा नम्बर ६ का वडा सदस्य आशिष पोख्रेल लगायतले सैनामैना रेडक्रसको काम उदाहरणीय रहेको बताए ।वृक्षरोपण कार्यक्रममा विभिन्न टोल विकास संस्थाहरु, क्लबहरु, आमा समूहहरु, स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा इंकोरिया सामुदायिक वन सैनामैना वडा नम्बर ६ र ८ को प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा दुधराक्ष उप–शाखाका सभापति विष्णु अर्याल, उप–सभापति चन्द्रिका भट्टराई, सचिव घनश्याम पाण्डेले रेडक्रसले सञ्चालन गर्दै आएका कार्यहरुबारे प्रकाश पारेका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार