Logo
२०८३, कार्तिक ११ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ११ गते

कृष्णनगर नगरपालिकामा युसिएमएसले गर्‍यो नि-शुल्क स्वास्थ्य शिविर, ४२३ लाभान्वित


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८१ आइतवार
  • 506
    SHARES

कृष्णनगर नगरपालिकामा युसिएमएसले गर्‍यो नि-शुल्क स्वास्थ्य शिविर, ४२३ लाभान्वित

याम प्रसाद रेग्मी । भैरहवा, साउन २० । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल  भैरहवा तथा स्व श्रीमति वस्तावरि देवि गोयल ट्रष्टको संयुक्त आयोजनामा कपिलवस्तु जिल्लाको कृष्णनगर न.पा मा शनिवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  

 बिगत एक बर्ष अगाडीबाट फ्रि बस सेवा सन्चालन गरेको युसिएमएस शनिवार आफ्नो मेडिकल टिमको साथमा कृष्णनगर नगरपालिका पुगेको थियो, फरक फरक रोग तर एउटै आशा रोगबाट छुटकरा पाउने थियो , आफ्नै गाउँ ठाउँमा विशेषज्ञ सेवा अझ आफ्नो बिश्वासिलो अस्पतालबाट  बिभिन्न सेवा लिन पाउदा हर्सित देखिन्थे।

Screenshot (21).jpg

शिविरमा सामान्य चिकित्सा ,महिला रोग,बाल रोग, अल्ट्रा साउन्ड, हाडजोर्नी तथा नसा रोग, नाक कान घाटि रोग, रगत परिक्षण, इसिजि, छाला तथा यौन रोग जस्ता रोगको उपचार सेवा प्रदान गरेको थियो । 
कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले बोल्दै नगरमा धेरै बिपन्न र गरिब परिवार भएकोले यसको लागि धेरै राम्रो हुने र निशुल्क बस सेवापनि सन्चालन भएको साथै गरिब बिपन्न परिवार प्रति सचेत रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा  ट्रष्टका अध्यक्ष बिश्वनाथ गोयलले कृष्णनगर नगरपालिकाका बासिन्दाहरु जुन स्वास्थ्य सेवा बाट बन्चित छन् त्यसको लागि यु.सि.यम.यस बाट बिभिन्न बिदाका डाक्टरहरुबाट चेक जाच तथा अल्ट्रा साउन्ड र इसिजि गर्ने सम्मको सुबिधाको उपयोग गर्न अनुरोध गर्नुभएको थियो।

Screenshot (24).jpg
त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवाका प्रोफेसर बिजेन्द्र श्रीवास्तवले सामान्य चिकित्सा ,महिला रोग,बाल रोग, अल्ट्रा साउन्ड, हाडजोर्नी तथा नसा रोग, नाक कान घाटी रोग, तगत परिक्षण , इसिजि ,छाला तथा यौन रोग जस्ता रोगक उपचार सेवा निशुल्क प्रदान गरेको बताउनुभयो । 
साथै युसिएमएस र ट्रष्ट को आयोजनामा निशुल्क शिविर सन्चालन गरि कृष्णनगर नगरपालिका वासिहरुलाइ उपचार गर्न पाउदा खुसि लागेको बताउनुभयो।
त्यस्तै यस निशुल्क शिविरको बिषयमा चेयर मेन युथ होस्टेल एसोसिएसनका चेयर मेन कृष्ण गोपाल जयसबालले  यस ठाउमा धेरै गरिब तथा असाहाय जनता भएकोले उपचार गराउन नसक्ने र अहिले भैरहवा मेडिकल कलेजले यो निशुक्क उपचार सेवा प्रदान गरेकोमा अभर प्रकट गर्नुभयो।
समाजसेवी डा. नन्द किसोर शर्माले युसिएमएसमा राम्रो उपचार सेवा प्रदान हुने भन्दै यहाँका  बिरामिहरुलाइ जम्मा गरेरेर मेडिकल कलेज पठाउने र यो काम निरन्तर गर्ने साथै यो कार्यले पुरा कपिलवस्तु जिल्लालाई नै फाइदा हुने डा.शर्माले बताउनुभयो।

Screenshot (22).jpg
त्यस्तै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल , भैरहवाका प्रशासन प्रमुख तेज कुमार केसिले सर्वशुलभ गुणस्तरीय स्वास्थ्य सेवा दिनु युनिभर्सल मेडिकल कलेजको मुख्य उद्देश्य रहेको बताउदै यस क्षेत्र पिछडिएको क्षेत्र भएकोले बिरामिहरुलाइ आउन जान सक्ने स्थिती नभएको अवस्थालाइ मध्यनजर गर्दै आएको बताउनु भयो।
निशुल्क शिविरमा जम्मा ४२३ बिरामिको उपस्थिति रहेको थियो जसमध्ये १० जना मुटुरोगि, बाथरोग ४२ जना,पाठेघर खसेको समस्या भएका बिरामि ७ जना,नाक कान घाटि सम्बन्धि अप्रेसन नै गर्न पर्ने अवस्थाका ११ जना बिरामि यस शिविरमा भेटिका थिए ।

Screenshot (25).jpg


लुम्बिनी चिन्तन

थप समाचार