Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना


  • लुम्बिनी चिन्तन
  • श्रावण २२, २०८१ मंगलवार
  • 386
    SHARES

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावना

भैरहवा, साउन २२ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राति  देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहको छ ।सातै प्रदेशमा धेरै भारी वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना  रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।


लुम्बिनी चिन्तन

थप समाचार