भैरहवा, साउन २३ ।नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।
सो गाउँपालिकाको वडा नम्बर –७ स्थित सो हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसीका लागि उडेको उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको सो हेलिकप्टर आज बुधबार दिउँसो दुर्घटनामा परेको हो ।
सो हेलिकप्टरमा क्याप्टेन र ४जना विदेशी नागरिक सवार रहेका थिए । नुवाकोट प्रहरीका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको थिए ।