Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तस्करी नियन्त्रणमा प्रहरी सक्रिय, ७ लाखको सामान बरामद


  • लुम्बिनी चिन्तन
  • चैत्र २६, २०७७ बिहिवार
  • 522
    SHARES

तस्करी नियन्त्रणमा प्रहरी सक्रिय, ७ लाखको सामान बरामद

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध कपडा सहित  दुई महिलालाई पक्राउ गरेको छ । भारतबाट अबैधरुपमा नेपाल भित्रई ओसारपसार गर्दै अवस्थामा उनिहरुको साथमा ३ लाख बढि मुल्य बराबरको कपडा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भैरहवा अंचलपुरमा चेकजाँच गर्ने क्रममा कपडा, कपडामा लाग्ने ट्याग र निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । उनीहरुको साथबाट पाइन्ट ५५ पिस, टिर्सट ११२ पिस, सर्ट २५३ पिस, मोजा ६४ जोर, पेन्टी ७४ पिस, चप्पल ४ जोर, क्याटलक १९ प्याकेट, साडी १९ पिस, पर्दा २०० पिस, लकर १ थान र टेलिफोन १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सत्य नारायण थापाले जानकारी दिए । 

सामान सहित सुनसरी जिल्ला धरान उपमहानगरपालिका बडा नं ७ बस्ने ४५ वर्षीय मोनिका सुब्बा र रसुवा जिल्ला गोसाईकुण्ड गाँउपालिका बडा नं ६ बस्ने ३३ वर्षीय सन्जु तामाङलाई पनि पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा सामान ल्याउदै गरेका सुब्बा र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सामान भैरहवा भन्सार कार्यालय पठाइएको छ ।

यस्तै कार्यालयले मंगलबार दिउसो ४ बजे मर्चवारी गाउपालिका वडा नं.२ सहावुद्धिन खान फकिरको घर बाट भारतबाट भन्सार छली चोरी पैठारी÷निकासी गर्ने उद्देश्यका साथ राखिएको केराउ, चामल र युरिया मल पनि नियन्त्रणमा लिएको छ । गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मर्चवारबाट प्रहरी निरिक्षक अमृत भण्डारीको कमाण्डमा खटिएको टोलीले  खानतलासी गर्दा सो ठाउबाट केराउ ५५ बोरा , चामल ११५ बोरा र युरिया मल १८ बोरा बरामद गरिएको हो । कुल ३ लाख ९० हजार बढि मुल्य बराबरको सामान आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाईएको कार्यालयले जानकारी दिएको छ । 


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार