Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मलेखु नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध


  • लुम्बिनी चिन्तन
  • श्रावण २७, २०८१ आइतवार
  • 298
    SHARES

मलेखु नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अबरुद्ध

भैरहवा, साउन २७ । धादिङको मलेखु नजिकै पहिरो सहित रुख खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो सहित खसेको रुखका कारण सडक अवरुद्ध भएपछि राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मलेखु नजिकै पहरेटारमा पहिरो खसेको हो । पहिरो पन्छाउने काम सुरु भइसकेको छ । लगातारको बर्षा पछि पहिरो खसेको र पहिरो पन्छाएर सवारीसाधन सञ्चालन हुन केही समय लाग्ने बताइएको छ ।  


लुम्बिनी चिन्तन

थप समाचार