भैरहवा, साउन २७ । एकता महिला समुह सिद्धार्थनगर, रुपन्देहीको पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले पुनः सकुन्तला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समुहको उपाध्यक्षमा सुष्मा शर्मा, सचिवमा रश्मी कोइराला, कोषाध्यक्षमा बिन्दु सिग्देल, सह–सचिवमा बिन्ती शाह र सह–कोषाध्यक्षमा सिम्रन श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरुमा संगीता रेग्मी, मन्जु सिग्देल, वर्षा अर्याल, सुस्मिता अधिकारी, सरस्वती भुगाइ, अनु थापा, कमलेश शुक्ला, सरु पन्त, सुनिता शर्मा र सरिता सिंह रहेका छन् ।त्यस्तै समुहको वरिष्ठ सल्लाहकारमा रेखा तुलाधर, सल्लाहकारमा देवी पुन, सरस्वती गौतम र अर्पना थापा रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अशोक श्रेष्ठले सपथ खुवाएका थिए ।पाँचौ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले घर, टोल, समाज, गाउँ, नगर र राष्ट्रको विकासमा महिलाको योगदान महत्वपूर्ण रहेको बताए । उनले एकता महिला समुहलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ता, सामुदायिकका सल्लाहकार शैलेन्द्र तुलाधरलगायतले बोलेका थिए । एकता महिला समुहकी सदस्य विन्दु सिग्देलको स्वागत तथा सचिव रश्मी कोइरालाको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष सुष्मा प्रधानले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष देवी पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।