दिपेश पछाई ,
भैरहवा साउन ३०/
विगद एक दशक देखी लुम्बिनी बिकास कोष र लुम्बिनी होटल संघ बिचको विवाद अहिले आएर समाधान तर्फ अगाडी बढेको छ ।
लुम्बिनी बिकास कोष भित्र रहेका बिहारहरु संचालनका लागी कार्यबिधि बनाएर संचालन गर्ने निर्णय भए संगै विगद १२ बर्ष देखी लुम्बिनीका होटल ब्यावसायी र लुम्बिनी बिकास कोष बिच हुदै आएको विवाद अन्त्य हुने भएको छ ।
कोष भित्र रहेका बिहारहरुले बिदेशी पर्यटकहरु होटल सरह सुबिधा दिएर राख्ने गरेको भन्दै ै लुम्बिनी होटल संघले चरणवद्ध आन्दोलन गर्दै आएकोमा लुम्बिनी बिकास कोष बिहार संचालनका लागी कार्यबिधि बनाउन सहमत भएको हो ।
बुधवार लुम्बिनी बिकास कोषका पदाधिकारीहरु र लुम्बिनी होटल संघका पदाधिकारीहरु बिच भएको छलफल बाट बिहार सञ्चालनको कार्यविधि बनाउन ९ सदस्यीय समिति गठन गर्ने सहमती भएको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिए ।

समितीमा लुम्बिनी बिकास कोषबाट ३ जना , होटल संघबाट २ जना, बिहारहरुबाट २ जना, लुम्बिनी सास्कृतिक नगरपालिकाबाट १ जना, जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १ जना सदस्य रहने संघका अध्यक्ष ज्ञवालीले बताए ।
अव समितीले बनाएको कार्यबिधिमा रहेर बिहार संचालन हुने छन् लुम्बिनी होटल संघले गरेको आन्दोलनले सार्थकता पाएको छ ज्ञवालीले भने । लामो आन्दोलनको प्रतिफल प्राप्त हुने अवस्थामा पुगिएको छ उनले भने । आगामी हप्ता देखि लुम्बिनी बिकास कोष भित्र बस प्रवेशलाई पुर्ण प्रतिबन्द लगाउने सहमती पनि भएको ज्ञवालीले बताए ।
लुम्बिनी बिकास कोष भित्र रहेका बिहारहरुले होटल सरह सुबिधा दिएर पर्यटक राखेपछि लुम्बिनी होटल संघ संग सम्बद्ध होटल ब्यावसायिहरु आन्दोलित बनेका थिए । उनिहरुले लुम्बिनी बिकास कोषमा ज्ञापनपत्र बुझाउदै समस्या सभाधान नगरे आत्मदाह गर्ने सम्मको चेतावनी दिएका थिए । १२ बर्ष देखी यहि माग राख्नदै आएका ब्यावसायिहरुको माग अहिले आएर सम्बोधनको नजिक पुगेको लुम्बिनी होटल संघका महासचिव पुरुसोत्तम अर्यालले भने ।
लुम्बिनीमा करिव ९५ बढी होटल रहेकोमा १५ वटा बन्द भैसकेका छन् भने १५ बढी होटल बन्दको अवस्थामा छन् । लुम्बिनीमा होटल क्षेत्रमा मात्र ७ अर्ब बढी लगानी भैसकेको छ । लुम्बिनी भित्र रहेका थाई , चाईना , कोरिया , म्यानमार , कम्बोडिया लगायतका बिहारहरुले पर्यटकहरु राख्दै आएका छन् । हरेक बिहारमा एक पटकमा एक सय देखी चार सय पर्यटकलाई एकै पटक ब्यवस्था गर्न सकिने छ ।
लुम्बिनी गुरु योजनामा एक बिहारमा एक जना पुजारी र तिनलाई स्याहार सुसार गर्नका लागी आवस्यक केही ब्याक्ती बस्न मिल्ने चार कोठा सम्मको भवन निमार्ण गर्न सक्ने उल्लेख छ । तर लुम्बिनी बिकास कोष भित्र रहेका बिहारहरुले गुम्बा निमार्ण भन्दा पनि होटल सैलिमा बस्ने भवनहरु निमार्णलाई तिब्रता दिदै आएका छन्