Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते


  • लुम्बिनी चिन्तन
  • श्रावण ३१, २०८१ बिहिवार
  • 626
    SHARES

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

भैरहवा, साउन ३१ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बिहीबार बिहान सवा ९ बजेतिर कमलामाई नगरपालिका–२ चियाबारी नजिक बीपी राजमार्गमा गोलञ्जोरबाट सिन्धुलीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदय बहादुर  मर्साङ्गी मगर र ३५ वर्षीय पवन  मर्साङ्गीको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । जसमध्ये जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई ९हायु० को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चालकसँगै गोलञ्जोर(६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोलञ्जोर( ६ कै १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ३७ वर्षीय हिमाल परियार, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई–५ कि ७८ वर्षीया डम्बर कुमारी कार्की घाइते छन् ।

उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार