Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते


  • लुम्बिनी चिन्तन
  • श्रावण ३२, २०८१ शुक्रवार
  • 468
    SHARES

डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते

भैरहवा, साउन ३२ । डोटीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बिहीबार धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर छ ।सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।बस सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार