Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा रक्तदान


  • लुम्बिनी चिन्तन
  • श्रावण ३२, २०८१ शुक्रवार
  • 464
    SHARES

उद्योग व्यापार संगठन रुपन्देहीद्वारा रक्तदान

भैरहवा, साउन ३२ । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा कार्यक्रम गरिएको अध्यक्ष दर्पण श्रेष्ठले बताए । संगठनको १७ औं वार्षिक साधारण सभाको पूर्व संध्यामा कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले जानकारी दिए । उनले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले संगठनले समयसापेक्ष कार्यक्रम गरेको बताए । उनले पछिल्लो समय रगतको माग बढेको बताए । उनले भने, ‘स्वस्थ व्यक्तिले प्रत्येक ३–३ महिनामा रक्तदान गर्न सक्छन् । रगतले मानिसको ज्यान बचाउँछ ।’

1723799306-wYyJP.jpg

रेडक्रस सोसाइटीले धेरैपटक रक्तदान गर्ने रक्तदाता र संघ–संघ संस्थालाई सम्मान गर्दै आएको उनले जानकारी दिए ।संगठनका कार्यसमिति सदस्य तथा रक्तदान कार्यक्रमका संयोजक राम प्रसाद श्रेष्ठको स्वागत, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाईको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३० यूनिट रगत संकलन भएको उद्योग व्यापार संगठन, रुपन्देहीका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले जानकारी दिए ।संगठनको १७ औं वार्षिक साधारण सभा भदौ १ गते शनिबार (भोलि) हुने वाणिज्य उपाध्यक्ष राम मिलन यादवले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार