Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

श्रीमतीको घाँटी थिचि हत्या


  • लुम्बिनी चिन्तन
  • चैत्र २७, २०७७ शुक्रवार
  • 562
    SHARES

श्रीमतीको घाँटी थिचि हत्या

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका हर्नैयाका ६६ वर्षिय गनपत बनियाँले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ ।

विहीबार विहान सावा ३ बजे गनपतले आफ्नै ५५ वर्षिय श्रीमती कुश्मा बनियाँलाई घरको कोठामा घाँटी थिची मारेको खबर प्राप्त हुन साथ प्रहरीलाई घटनास्थलमा पठाउँदा कुश्मा खाटमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता सत्य नारायण थापाले बताए ।
मृतकको घाँटीमा संकास्पद दाग समेत देखिएकोले पोष्ट मार्टमको लागि भिम अस्पताल भैरहवामा ल्याइएको छ । प्रहरीले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीमान् श्रीमती बीच सामान्य विवाद हुँदा श्रीमान्ले आवेशमा आई श्रीमतीको घाँटी थिचि हत्या गरेको प्राराम्भीक अनुसन्धानबाट देखिएकाे छ


  • सम्बन्धित विषय:

  • # जिल्ला प्रहरी कार्यालय

  • लुम्बिनी चिन्तन

    थप समाचार