भैरहवा, भाद्र ०२ । गत आर्थिक वर्ष २०८०–८१ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १६.५% ले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.२% ले बढेको थियो । यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १४.५% ले बढेर १० अर्ब १० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९% ले बढेको थियो । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।