Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बझाङ पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने


  • लुम्बिनी चिन्तन
  • भाद्र ३, २०८१ सोमवार
  • 270
    SHARES

बझाङ पहिरोमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति १ लाख दिने

भैरहवा, भाद्र ०३ । सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीको परिवारलाई राहत दिने भएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोमा परेर ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै राहत दिने घोषणा गरेका हुन्।शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शोक वक्तव्यमा उल्लेख गरेका छन्।गएराति घर माथिबाट पहिरो खस्दा बझाङको बुङ्गल नगरपालिका–१० को टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको थियो।
धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार