काठमाण्डाैं। नेपालमा पछिल्लो ३ वर्षमा ५ हजार ६४ वटा आगलागीका घटना भएको छ । नेपल प्रहरीको केन्द्रिय तथ्याङक अनुसार २०७५ साल देखि अहिले सम्म नोपलभरि सो संख्यामा आगलागी भएको हो ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार, सात वटै प्रदेशमा ५ हजार ६४ वटा आगलागीका घटना भएका छन् जसबाट १५८ जनाको मृत्यु भएको छ भने ८७१ जना घाइते भएका छन् ।
मुलुकका कुनै पनि प्रदेश आगलागीको जोखिमबाट मुक्त छैनन् । आगलागीबाट मुलुकले वर्षेनि ठूलो जनधनको क्षति व्यहोरिरहेको छ पछिल्लो ३ वर्षमा २ हजार ५०५ घरमा क्षति पुगेको भने ८ अर्ब बढिको क्षति भएको छ ।
कार्यालयको तथ्याङ अनुसार १३ वटा सरकारी कार्यालय, ११ वटा विद्यालय, ५४ वटा उद्योगमा पनि अगालगी भएका छन । आगलागिबाट ८५ घर विस्थापित भएका छन भने ८९३ वटा गोठ, ३ हजार ३५ वटा चौपायामा क्षति पुगेको छ ।
प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा २ अर्ब ७८ करोड ८९ लाख; २०७६÷७७ मा २ अर्ब २१ करोड ५६ लाख र २०७७÷७८ मा ३ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।