Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नक्कली छोरी बनेर करोडौंको घरजग्गा हडप्ने प्रयास , बुबा र छोरीको उमेर ६ वर्ष फरक


  • लुम्बिनी चिन्तन
  • भाद्र ७, २०८१ शुक्रवार
  • 296
    SHARES

नक्कली छोरी बनेर करोडौंको घरजग्गा हडप्ने प्रयास , बुबा र छोरीको उमेर ६ वर्ष फरक


भैरहवा भदौ ७,
नक्कली छोरी बनेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का मल्लाह परिवारको करोडौंको घरजग्गा हडप्ने प्रयास भएको पाईएको छ । 
निसन्तान सुखुको मृत्युपछि अदालतको फैसलाबाट उनको सम्पत्ती दाई फौदार मल्लाहका छोराहरु लालजित र सन्त मल्लाहको नाममा गएको थियो । तर, जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा फरक ठाउँमा सर्जमिन गराई भारतीय नागरिक बदल मल्लाहका छोरीहरु मालती मल्लाहीन र रिखिदेवी मल्लाह अग्रवालले सम्पत्ती हत्याउन खोजेको पाईएको छ ।
सिद्धार्थनगर–६ का लालजित र सन्त मल्लाहका बुवाहरु दुई भाई हुन् । लालजित र सन्तका बुवा फौदार हुन भने काका सुखु मल्लाह । फौदारका दुई छोरा र ५ छोरी छन् । तर, काका सुखु र काकी कवुतरीका कोखबाट सन्तान भएनन् । उनीहरुका बुवा फौदारको २०७७ जेठ ८ र आमा झिनाको भने १० वर्ष अघि नै मृत्यु भइसकेको छ । काका सुखुको २०७८ असार १७ र काकी कपुतरी मल्लाहको २०७७ माघ १० मृत्यु भयो ।
सन्तान नभएकाले सुखु र कपुतरीको सहारा लालजित र सन्त बनेका थिए । ‘दुखविरामी हुँदा, औषधि उपचारदेखि मृत्युपछिका सम्पूर्ण संस्कार हामी दुईभाईले गरेका हौं’, बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै सन्तले भने, ‘बुवाआमा र काकाकाकी बाचुन्जेल कसैको दावी थिएन । तर मृत्युपछि एकाएक मालती र रिखीदेवी छोरी बनेर सम्पत्री खान लागे ।’ 
बुवाआमा र काका–काकीको मृत्यु पछि लालजित र सन्तले निसन्तान भएको भन्दै काकाको नाममा रहेको जायजेथा आफूहरुका नाममा लिनका लागि रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरे । तत्कालीन न्यायाधीश लीलाराज अधिकारीको इजलासले २०७८ कार्तिक १५ गते फौदार र सुखुको नाममा रहेको जमिन लालजित र सन्तको नाममा जाने फैसला गर्यो । अंशबण्डा गरेर उनीहरुले सबै जायजेथा दुईभाइका नाममा गराए ।
त्यसपछि एकाएक २०७८ फागुन १० गते हाम्रो घरमा अंश मुद्दा परेको भन्दै जिल्ला अदालत, रुपन्देहीले म्याद पठायो । म्याद बुझेर हामी अदालत गयौं । यसपछि बल्ल थाहा भयो, काका सुखुको नक्कली छोरी बनेर अंशका लागि सिद्धार्थनगर–८ की रिखीदेवी मल्लाह अग्रवाल र मायादेवी गाउँपालिका–३ की मालती मल्लाहले मुद्दा हालेको’, सन्तले भने, ‘जवकी काका सुखुको सन्तानै जन्मिएका थिएनन् । एकाएक अर्कै दुई महिलाले अदालतमा अंश मुद्दा दायर गरे पछि हामी अन्यायमा पर्यौं र अदालत र प्रशासन धाउन थाल्यौं ।’वडानं ६ बाट सर्जिमिन हुनु पर्नेमा वडानं ८ वाट गरिएको छ । सवै कागजात फरक फरक स्थानबाट तयार गरएिको उनले बताए ।
अंश मुद्दा हाल्ने रिखीदेवी र मालतीले सुखुको दुई श्रीमती रहेको दावी गरेका थिए । रिखीदेवीले सुखुको पहिलो श्रीमती कवुतरी र मालतीले दोस्रो श्रीमती फूलझरी मल्लाहको छोरी भएको दावी गरेका थिए । 
जवकी मालती मल्लाहीन भारतको बस्ती जिल्लाको मेहदावलका भारतीय नागरिक बदल मल्लाहको जेठी श्रीमतीबाट जन्मिएकी र रिखीदेवी बदलकी कान्छी श्रीमती मैनादेवी मल्लाहीनको कोखबाट जन्मिएकी छोरी भएको लालजित र सन्तको दावी छ । 
अदालतको फैसला अनुसार जग्गा रिखीदेवी र मालतीको नाममा गए सिद्धार्थनगर, सियारी र ओसतियाको करिब १८ कठ्ठा र घर गरी साढे दुई करोड बराबरको जमिन जान्छ । तर, यो बीचमा रिखीदेवी र मालतीको नागरिताको कुनै परीक्षण भएन । जवकी मालती र सुखुको उमेर जम्मा ६ वर्षको फरक छ । अहिले फेरि जिल्ला प्रशासनले रिखीदेवी र मालतीविरुद्ध अर्को निवेदन लिएर नागरिकता बारे अनुसन्धान गरिरहेको छ ।
मुद्दा विचारधीन रहेकै बेला रिखीदेवीले मालती भारतीय नागरिकको छोरी भएको भन्दै अर्को निवेदन अदालतमा बुझाएकी छन् । ‘सरकारी कार्यालय र अदालतपिच्छे फरक फरक बयान गरेका कारण पनि रिखीदेवी र मालतीले झुटा विवरणबाट सम्पत्ती लिन खोजेको पुष्टि हुने जान्छ’, पीडित सन्त भन्छन्, ‘तत्काल प्रशासनले उनीहरुको नागरिकता खारेज गरोस् । हामीलाई न्याय देओस् ।’ उनीहरुले भारतीय नागरिकका छोरीलाई सम्पत्ती दिन नसक्ने जनाउँदै कानूनी लडाइँ लडिरहने बताए । 


लुम्बिनी चिन्तन

थप समाचार