Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

खोप लगाइसकेका ३७ डाक्टर सहित एकैदिन १ लाख ३१ हजार जनामा कोरोना


  • लुम्बिनी चिन्तन
  • चैत्र २७, २०७७ शुक्रवार
  • 688
    SHARES

खोप लगाइसकेका ३७ डाक्टर सहित  एकैदिन १ लाख ३१ हजार जनामा कोरोना

काठमाडौं । भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ अर्थात् हरेक १ सय जनामा ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार