Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चलचित्र ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ आजबाट प्रदर्शनमा


  • लुम्बिनी चिन्तन
  • भाद्र ७, २०८१ शुक्रवार
  • 550
    SHARES

चलचित्र  ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ आजबाट प्रदर्शनमा

भैरहवा, ७ भदौ । चलचित्र  ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ आजबाट देशभर एकसाथ प्रदर्शनमा आएका छन् । 

लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ महिलाको कथामा बनेको हो भने  ‘नमेटिने घाउ’ले  एसिड पीडितको कथा उठाएको छ । रंग पत्रकारिता हुँदै निर्देशनमा होमिएका सुवेदीले चलचित्रमा छोरीप्रति गरिने विभेदको कथा उठाएका छन् । यो विषयले विशेषगरी महिलाहरुलाई आकर्षित गर्न सक्ने देखिन्छ । निर्देशक सुवेदीको अपेक्षा यही हो । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री मलिका महत छिन् भने रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, ईश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।report.04_25_16_25.Still013.jpg

यस्तै,  ‘नमेटिने घाउ’ लाई भने अभिनेता रमित ढुंगानाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशकीय चलचित्र हो । एसिड पीडितहरुको कथामा बनेको यस चलतित्रमा  प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका नेताहरुको पनि अभिनय रहेको छ । मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी लगायतको शीर्ष भूमिका रहेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार