Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

"गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण" अन्तर्राष्ट्रिय सम्मेलनलाई डा. लामा द्वारा उद्घाटन 


  • लुम्बिनी चिन्तन
  • भाद्र १२, २०८१ बुधवार
  • 602
    SHARES

"गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण" अन्तर्राष्ट्रिय सम्मेलनलाई डा. लामा द्वारा उद्घाटन 

भारत भदौ १२ ।  "गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण" शीर्षकको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन भएको छ। भारतको बिहार नालन्दास्थित नव-नालन्द महाविहारमा अन्तर्राष्ट्रिय सम्मेलन बिहारका गभर्नर राजेन्द्र अर्लेकरल र सम्मानित विशेष अतिथिको रुपमा रहेका इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन (IBC) का President समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा सविधानसभा सदस्य डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) र  शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव/मुख्य भिक्षु  उगेन नामग्यालले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका छन् ।

WhatsApp Image 2024-08-28 at 3.25.19 PM.jpeg

उद्घाटनमा पछि कार्यक्रमलाई सम्बोधन गर्दै बिहारका गभर्नर राजेन्द्र अर्लेकरलले दोस्रो बुद्धको रूपमा सम्मानित गुरु पद्मसम्भवको जीवन, शिक्षा र स्थायी प्रभावको बारे चर्चा गरेका छन् । गुरु पद्मसंभव, जसलाई गुरु रिन्पोछे पनि भनिने भन्दै हिमालय क्षेत्रका एक पौराणिक व्यक्तित्व भएकाले तिब्बत, नेपाल, भुटान र भारतको हिमालय राज्यहरूमा बुद्ध धम्म फैलाउने श्रेय उनलाई जाने बताए । report.04_25_16_25.Still014.jpg

त्यस्तै बुद्धिस्ट कन्फेडेरेसन (IBC) का प्रेसिडेन्ट समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा सविधानसभा सदस्य डा. ल्हारक्याल लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ)ले कार्यक्रमलाई सम्बोधन गर्दै 
गुरु पद्मसंभवको दर्श अभ्यास सहित योगदानको चर्चा गरेका हुन्। 

WhatsApp Image 2024-08-28 at 3.25.20 PM.jpeg

गुरु पद्मसंभवको जीवन र शिक्षाले तिब्बती बौद्ध धर्मलाई गहिरो रूपमा आकार दिएको छ र हिमालय क्षेत्र र बाहिरका अनगिन्ती अभ्यासकर्ताहरूलाई प्रेरित गरेको जिकिर गरेका हुन् ।  ८ औं शताब्दीमा, तिब्बतको हिमालमा बौद्ध धर्मको प्रचार गराउन तिब्बती राजा ट्रिसोङ डेट्सेनले उनलाई निमन्त्रणा दिएको र तिब्बतमा धर्मराजा त्रिसोङ ड्युसेन र मठाधीश शान्दरक्षित सँग मिलेर बौद्ध परम्पराको स्थापना गरेको समेत बताए ।

तिब्बतको पहिलो बौद्ध गुम्बा, विहार र मठ स्थापना तिब्बती इतिहासको पाठ्यक्रम समेत परिवर्तन गरेर वज्रयान बौद्ध धर्मको आफ्नो तपस्या र निपुणताको माध्यमबाट स्थानीय देवताहरू र आत्माहरूलाई धर्मको रक्षकहरूमा रूपान्तरण गरेर, हिमाली क्षेत्रमा बौद्ध धर्मको फैलाएको  बौद्ध ग्रन्थमा उल्लेख रहेको बताएका हुन्। 

WhatsApp Image 2024-08-28 at 3.25.20 PM (1).jpeg

त्यस्तै कार्यक्रममा शाही भुटान मन्दिर, केन्द्रीय विहार निकाय भुटानका सचिव/मुख्य भिक्षु  उगेन नामग्यालले पद्मसंभवको दर्शन बारे  पर्याप्त उजागर गर्ने प्रयास गरे भने इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन (IBC) का महानिर्देशक अभिजित हलदरले , नयाँ दिल्लीद्वारा नव नालन्द महाविहारको सहकार्यमा आयोजना गरिएको यस सम्मेलनले गुरु पद्मसंभवको जीवन र विरासतमा गहन अन्तर्दृष्टि प्रदान गर्ने प्रतिज्ञा गरेका छन् । 

सम्मेलनले श्रीलंका, भुटान, नेपाल र भारतका विज्ञहरूलाई गुरु रिन्पोछेको जीवन र योगदानका विभिन्न पक्षहरूका बारेमा छलफल गर्नका लागि एउटा मञ्च प्रदान गरेका छन् ।report.04_25_16_25.Still014.jpg

सम्मेलनमा सहभागीहरूले गुरु पद्मसंभवको जीवनी अन्तर्दृष्टि, वज्रयान बौद्ध धर्मका शिक्षाहरू, र उहाँको सांस्कृतिक र कलात्मक योगदानहरू सहित विषयवस्तुहरूको दायरा अन्वेषण गर्नेछन्। सम्मेलनले तिब्बत, नेपाल, भुटान, पाकिस्तान र भारतमा उनको व्यापक यात्राको पनि जाँच गर्ने अपेक्षा राखेको छ। 

सम्मेलनले बुद्ध धर्मका मूल सिद्धान्तहरूलाई स्थानीय संस्कृति र संवेदनशिलतामा अनुकूलन गर्ने गुरु पद्मसम्भवको क्षमतालाई हाइलाइट गर्ने र स्थानीय प्रतीकहरू र अनुष्ठानहरू प्रयोग गरी भगवान बुद्धका शिक्षाहरू विभिन्न समुदाय सम्म पुर्‍याउने उद्देश्य राखिएको छ। सम्मेलन  दुई दिन चल्ने छ भने सम्मेलनमा सहभागी हुन झन्डै  दुई दर्जनभन्दा बढी देश बाट आउने छन् ।


लुम्बिनी चिन्तन

थप समाचार