Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

टेन प्लाष्टको ब्राण्ड एम्बेसडरमा क्रिकेटर सोमपाल कामी नियुक्त


  • लुम्बिनी चिन्तन
  • भाद्र १४, २०८१ शुक्रवार
  • 366
    SHARES

टेन प्लाष्टको ब्राण्ड एम्बेसडरमा क्रिकेटर सोमपाल कामी नियुक्त

भैरहवा, भदौ १४ । 
नेपाली क्रिकेट टोलीका फास्ट बलर सोमपाल कामी टेन प्लाष्टको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन । भैरहवामा एक कार्यक्रम आयोजित गरी टेन प्लाष्टका प्रवन्ध निर्देशक धिरज अग्रवालले सोमपाललाई ब्राण्ड एम्बेसडर नियुक्त गरेका हुन । बिगत ३० बर्ष भन्दा अघि देखि नै सामान्य कारोबारबाट शुरु गरेको यस टेन ग्रुपले पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकामा स्थापन भएको टेन प्लाष्टले उच्च स्तरिय वाटर टैंक, सिपीभिसी, पिभिसी पाईप तथा फिटिङ्ग सामाग्री उत्पादन गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन सोमपालले विगत दश वर्ष देखि क्रिकेट खेलिरहेको भए पनि अहिले टेन समूहमा जोडिन पाउदा आफुलाई धेरै खुसी लागेको बताए । क्रिकेटर सोमपाले क्रिकेट खेल्दा लगाउने जर्सी नं १० रहेको र आफ्नो ब्राण्डको नाम समेत टेन नै रहेकोले यी २ कुराको समिश्रणले ब्राण्डलाई जनमानसमा सजिलै चिनाउन सान्दर्भिक हुनुका साथै खेल तथा खेलाडिहरुका लागि पनि आफुले केहि योगदान गर्न पाएकोमा आफू हर्षीत भएको बताए । उनले कम्पनिको अग्रसरतालाई धन्यबाद दिँदै यस्तो किसीमको सहकार्यले खेलाडिहरुको मनोबल उच्च हुनुका साथै खेलाडिहरुको लोकप्रियताबाट ब्राण्डहरुलाई समेत सहयोग पुग्ने र आफुलाई टेन प्लाष्टले छनौट गरेकामा गौरवान्बित भएको पनि महसुस गरेको पनि बताए । कम्पनिलाई आफुले पनि सक्दो सहयोग गर्ने खेलाडि सोमपालले बताउनु भयो ।
पश्चिमी नवलपरासीको रामग्राम नगरपालिकामा स्थापन भएको टेन प्लाष्टले उच्च स्तरिय वाटर टैंक, सिपीभिसी, पिभिसी पाईप तथा फिटिङ्ग सामाग्री उत्पादन गरिरहेको यसका प्रवन्ध निर्देशक धिरज अग्रवालले बताए ।उनले नेपाली क्रिकेट खेलाडीलाई आर्थिक रुपमा सबल बनाउने आफुहरुको प्रयास स्वरुप नेपालका फास्ट बलर सोमपाल कामीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए ।
हाल मुलुकमा यस्तो पाईप तथा फिटिंग उत्पादन एकै कम्पनि वा समुहले नगरेकोमा यस समुहले नवलपरासीको रामग्राममा गर्दै आएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस समुहको पछिल्लो उत्पादन टेन प्लाष्ट ब्राण्डका पिभिसी, सिपिभिसि, युपिभिसि तथा एचडिपिई पाइप तथा फिटिंगहरुका अलावा ५ तहको सुरक्षा प्रबिधिको २०० देखि १० हजार लिटर क्षमताका पानि ट्यांकिहरु पनि बिक्री बितरण गर्दै आएको छ । यस उद्योग समुहको नेपालका प्रमुख शहरहरुमा २०० भन्दा बढि बिक्रेताहरु रहेका छन् भने १०० जना भन्दा बढि व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । 

 


लुम्बिनी चिन्तन

थप समाचार