भैरहवा असोज १७/
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले भैरहवामा प्रदेश स्तरिय “मिसेज लुम्बिनी प्रदेश–२०८१” कार्यक्रमको आयोजना गर्ने भएको छ ।
क्लवले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी कार्तिक १ गते देखि १२ गते सम्म भैरहवा र दाङ्ग गरि दुई स्थानमा अडिसन गरिने जानकारी गराएको छ ।
कार्तिक २३ गतेबाट क्लोज क्याम्प सुरु गरि मंसिरको १५ गते फाईनल गरिने क्लका अध्यक्ष ओम जैशीले जानकारी दिए । महिला शसक्तिकरण गर्ने मूख्य उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक देवी गुरुङ्गले बताईन । क्लबको पब्लिक ईमेज अन्र्तगत पहिलो प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको गुरुड.को भनाई छ ।
कार्यक्रम पश्चात बचेको रकम बाट छात्र शिक्षा र भैरहवामा आईसियु जडित एम्बुलेन्स खरिद गर्ने उद्देश्य पनि कार्यक्रमले लिएको उनले बताए । भाद्र १७ गते बाट यसको लागि फारम खुल्ला गरिने बताइन । उनले भैरहवाको काशी सिनेप्लेक्समा रहेको सचिवालय वा खल्ती एपबाट फारम भर्न सकिने बताइन ।
कार्तिक १ गते देखि १२ गते सम्म भैरहवा र दाङ्ग गरि दुई स्थानमा अडिसन गरिने र कार्तिक २३ गतेबाट क्लोज क्याम्प सुरु गरि मंसिरको १५ गते फाईनल गरिने उनले बताइन । प्रतियोगितामा प्रथम हुनेले आकर्षक क्राउन सहित नगद ५१ हजार, फर्स्ट रनर अफले क्राउन सहित नगद ३१ हजार र सेकेण्ड रनर अपले क्राउन सहित सहित नगद २१ हजार रुपैया प्राप्त गर्ने गुरुङ्गले जानकारी दिइन ।
२० वर्ष पुरा भएका लुम्बिनी प्रदेशका विवाहित जुनसुकै महिला पनि कार्यक्रममा भाग लिन पाउने छन् । कार्यक्रममा लुम्बिनी प्रेश क्लवकी अध्यक्ष संम्झना शर्मा , सरिता राना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।