Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अभिनेत्री पूजालाई समीक्षाको अनुरोध - फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्


  • लुम्बिनी चिन्तन
  • भाद्र १८, २०८१ मंगलवार
  • 584
    SHARES

अभिनेत्री पूजालाई समीक्षाको  अनुरोध - फिल्म चलाउन मलाई बारम्बार प्रहार नगर्नुस्

भैरहवा, भदौ १८ । अभिनेत्री पूजा शर्मालाई गायिका समीक्षा अधिकारीले आफूलाई बारम्बार फिल्म चलाउनकै प्रहार नगर्न अनुरोध गरेकीछन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै समीक्षाले अभिनेत्री पूजाले एक पोडकाष्टमा दिएको अन्तरवार्ताको भिडियो राख्दै फिल्म चलाउनकै लागि आफूलाई बारम्बार प्रहार नगर्न भनेकीछन् ।

अभिनेता पल शाहसँग एक पोडकाष्टमा एकसाथ गएकी अभिनेत्री पूजाले पललाई कानुनले नै निर्दोष साबित गरेको बताएकी थिइन् । उनले भनेकी थिइन ’भगवान छ सत्यको जित हुन्छ । कानुनले नै प्रुभ गरिसकेको कुरा हो । कानुनले बोलिसकेपछि सकियो के, यहाँ कसैले बोल्न जरुरत छैन । पललाई कसैले नाम ट्याग गर्न जरुरत छैन ।’

samikxhya.JPG

गायिका अधिकारीले सामाजिक सञ्जालमा यस्तो लेखेकिछीन

अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि ! सत्य के हो ? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ । के सहि ? के गलत ? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ । र माफी दिएर सावित गरिदिएँ । त्यस यता सबै नर्मल नै चलिरहेका बेला आफै छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र ? यसरी पनि सिनेमा चलाउन खोज्नु सहि हो र ? सानालाई माया र ठुलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ । हिजो ’तिमि मेरो बहिनी’ भनेर आउनुभयो, मैले दिदि भनें, माने । अहिले पनि मानेकी छु । मान्छु तर यसरी पिडा नदिनुस् प्लिज ।

 

अभिनेता पल र पुजा नयाँ फिल्म ‘रावायण’ मा एकसाथ आउदै छन् । यस फिल्ममा अभिनेत्री पूजा निर्मात्री पनि हुन् ।  


लुम्बिनी चिन्तन

थप समाचार