भैरहवा, भदौ २० । नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा सि. बि. पब्लिक जुनियर तथा युवा रेडक्रस सर्कल्स द्धारा “हेल्मेटको बेल्ट अनिवार्य लगाउने” प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सिबि पब्लिक हाईस्कुल अगाडी सडकमा हिडिरहेका सवारी साधनका चालकहरुलाई बिध्यार्थीहरुले प्रशिक्षण दिएका हुन ।
सिद्धार्थ राजमार्गको विद्यालयको अगाडी पूर्व पट्टिको लेन नया सडकमा दुई हजार छ सय दश जनालाई प्रशिक्षण दिएका थिए । जस्मा २१ दशमलव ६४ प्रतिशतले हेलमेटको बेल्ट नलगाएको र ७ जनाले हेलमेटनै नलगाएको भेटिएको बिध्यालयमा प्रिन्सीपल उदय कुमार मल्लीकले जानकारी दिए । सडकमा हेलमेटको बेल्ट नलगाई हिडेका पांच सय ६५ जनालाई सुरक्षीत यात्राका लागी बेल्ट अनिवार्य भएको जानकारी बिध्यार्थीहरुले गराएका थिए ।
सडकमा सि. बि. पब्लिक जुनियर रेडक्रस सर्कल, सि.बि. पब्लिक युवा रेडक्रस सर्कल र सि.बि. पब्लिक बाल क्लबका प्रतिनीधीहरु खटिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपाने , नेपाल रेडक्रस सोसाइटी रुपन्देही, सिद्धार्थनगर उपशाखाका अध्यक्ष राजेश जि. सि. , नेपाल रेडक्रस सोसाइटी रुपन्देही, सिधार्थनगर उपशाखाका निर्वतमान अध्यक्ष बसन्त लाल कर्ण , नेपाल रेडक्रस सोसाइटी रुपन्देही, सिद्धार्थनगर उपशाखाकासचिव राम प्रसाद सापकोटा, सि. बि. पब्लिक स्कुलका प्रिन्सीपल उदय कुमार मल्लिक , भाईस प्रिन्सीपल उजली कुमारी सुनार सोनी , शिक्षक नायक गोविन्द थापा मगर लगायतको उपस्थिती रहेको थियो ।