भैरहवा, भदौ २० । आन्तरिक तथा भारतीय पर्यटकलाई लक्षित गर्दै भैरहवा कटेज संचालनमा आएको छ ।
सिद्धार्थनगर ६ खजहना दुर्गा कोलनीमा शुभारम्भ गरिएको कटेजको बुधबार होटल एशोसियशन नेपालका लुम्बिनी प्रदेश अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले उद्घाटन गरे ।
हानका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले कटेजको उद्घाटन गर्दै भैरहवा कटेजले लुम्बिनीको पर्यटन क्षेत्रमा थप एउटा ईट्टा थप्ने विश्वास व्यक्त गरे ।
सिद्धार्थनगरका ६ जना व्यवसायीहरु पुरनसिंह राना, धिरज गौतम, पृतम सिंह राना, पुर्ण गुरुङ्ग, रोशन थापा, प्रकाश श्रेष्ठको संयुक्त लगानीमा कटेज संचालन गरिएको हो ।
दुई करोड लगानीमा संचालनमा ल्याईएको कटेजमा एसीयुक्त सुविधा सम्पन्न रुम, स्तरीय खाना सहित वाताअनुकुलित रेष्टुरेण्ट, बाहिरी दृष्याअलोकन सहितको आनन्द लिनका लागि कटेजको सुविधा रहेको संचालक धिरज मान गौचनले जानकारी दिए ।
कटेजमा नेपाली, ईण्डियन, चाईनिज, कन्टिनेण्टल खानाका परिकार सहित वर्थडे पार्टी,एनिर्भसरी लगायतका पारिवारिक कार्यक्रमहरु गर्न क्याविन हलको समेत व्यवस्था रहेको छ ।
भैरहवा वासी तथा छिमेकी राष्ट्र भारतका नागरिकहरुको आर्कर्षण वढाउनका लागि सुरुवातीमा खना तथा अन्य परिकार र रुममा १० देखि १५ प्रतिशत छुट दिईने पनि संचालकहरुले बताएका छन् ।
भैरहवामा धेरै कटेज तथा रेष्टुरेण्ट संचालनमा रहेपनि प्रयाप्त पार्किङ्ग नहुंदा सेवाग्राहीलाई अप्ठेरो परेको उनीहरुको बुझाई छ । त्यसैले भैरहवा कटेजले प्रयाप्त पार्किङ्ग, खुल्ला र ग्रिनरीलाई विषेश प्राथमिकतामा राखेको संचालक पुरन सिंह रानाले बताए ।
सिनपा ६ दुर्गा कोलनीमा एक विगाहा क्षेत्रफलमा फैलिएको भैरहवा कटेजमा हाल १५ जनाले रोजगारी पाएका छन् । निकट भविश्यमै सुविधा सम्पन्न सभाहल लगायतका संरचना तयार गर्ने उनले बताए ।