भैरहवा, भदौ २० । हिन्दु महिलाहरुको माहान पर्व हरितालिका तिजको उपलक्ष्यमा सिद्धार्थनगर नगरपालिका वडा नं. ५ को कार्यालय द्वारा आयोजित तिज मिलन तथा दर खाने कार्यक्र बुधबार समपन्न भएको छ।
ददिदिबहिन तथा आमाहरुमा महिला सशक्तिकरण तथा एकआपसमा खुसी साटासाट गर्नकालागि तिज मिलन कार्यक्रम गरिएको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का अध्यक्ष पुरण प्रसाद श्रेष्ठले बताए ।समुहगत रुपमा एक ठाँउमा उपस्थित भई एकआपसमा भेटघाट गर्ने रमाइलो गर्ने, नाचगान गर्ने र आफ्नो दुखहरुलाई भुलाउनका लागि हामीले यो कार्यक्रमको आयोजना गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । 
५१ प्रतिशत महिलाले आकाश ढाकिएको यो माहान पर्व तिजको अवसरमा वडा नं. ५ का वडावासीहरु सबैलाई जानकारी गराएर उक्त कार्यक्रम गरिएको अध्यक्षको भनाई छ ।
यसैगरि कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतित्यथा रहेको थियो । साथै विशिष्ठ अतिथि सिद्धार्थनगर नगरपालिका उप–प्रमुख उमा अधिकारी, प्रमुख प्रशासकिय अधिकृत जनक थापा र सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का अध्यक्ष पुरण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।