Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स बुद्धले कर्पोरेट नाइट सिजन २ को आयोजना गर्दै


  • लुम्बिनी चिन्तन
  • भाद्र २३, २०८१ आइतवार
  • 582
    SHARES

लायन्स बुद्धले कर्पोरेट नाइट सिजन २ को आयोजना गर्दै

याम प्रसाद रेग्मी  

भैरहवा, भदौ २३ । लायन्स क्लव अफ सिद्धार्थनगर गौतम बुद्ध ले भाद्र २८ बाट कर्पोरेट नाइट सिजन २ को आयोजना गर्ने भएको छ ।

क्लवले बर्षभरि बिभिन्न समाज सेवा गर्न आवश्यक फन्ड जम्मा गर्ने उद्देश्यका साथ कर्पोरेट नाइट सिजन २  आयोजना गरिएको हो ।
२०१९ साल देखि निरन्तर आफ्नो ठाउँ बाट अनेक समाज सेवा काम हरु गर्दै समाजलाई योगदान पुराउनेकार्यहरु गर्दै आइरहेको क्लवले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ २८ गते लायन्स कर्पोरेट नाइट सिजन २ को बारेमा जानकारी गराएको हो । WhatsApp Image 2024-09-08 at 1.00.58 PM.jpeg

कार्यक्रमको बारेमा स्पष्ट पार्दै लायन्स क्लव अफ सिद्धार्थ गौतम बुद्धका कार्यक्रम संयोजक लायन राजु बस्नेतले क्लबले सधैं कुनै न कुनै रुपमा समाजका लागि दिएको र कहिले समाजको दाहित्व पुरा गर्दै कहिले आध्यात्मिक काममा जोडिएर कहिले प्रकृति बचाउ अभियानमा लागेर कहिले बृक्षारोपण र समय सापेक्ष सिपमुलक तालिम प्रदान गर्दै आएको क्लवले कर्पोरेट नाइट सिजन २ को आयोजना गर्न लागेको बताउनुभयो यो कार्यक्रम झट्ट हेर्दा मनोरञ्जन भएतापनि आन्तरिक रुपमा यसबाट संकलन हुने रकमबाट अनाथ आश्रमका लागि राहत सहयोग जुटाउने उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

क्लवका चार्टर अध्यक्ष गौतम कुमार गुप्ताले  क्लबले बिपतको बेला सधै सहयोग गर्दै आएको र बिभिन्न शिर्षकमा अनाथ बाल आश्रम देखि लिएर बृद्ध आश्रमहरुमा निरन्तर कार्यक्रम र सहयोग गर्दै आएको बताउदै, आयोजना हुन लागेको कर्पोरेट नाइट सिजन २ मा फन्ड राइजिङ कार्यक्रम पनि रहेको र यस फन्ड बाट सामाजिक कार्यमा काम गरेर अगाडि बढ्ने कुरा बताउनु भयो । `त्यातै क्लवका पुर्व अध्यक्ष गौतम गुप्ता ले बर्ष भरि समाजिक कार्य गरिरहन फन्डको आवश्यकता हुने भएकोले फन्ड जम्मा गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने बताउनु भयो । 
कार्यक्रमको मुख्य प्रायोजक सुगम आवस निर्माण सेवा प्रा.लि ले गरको छ , कर्पोरेट द दरबार बेन्क्युट मा हुनेछ भने  सो कर्पोरेटमा १५०० प्रवेश शुल्क लाग्ने जानकारी गराइएको थियो । 
पत्रकार सम्मेलनमा ब्यबसायि, बिभिन्न संस्थाका प्रतिनिधिहरु तथा सन्चार्कर्मिहरुको उपस्थित रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार