Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

व्यवसाय चलायमान हुन नसकेकोमा व्यवसायीहरुको चिन्ता


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८१ सोमवार
  • 306
    SHARES

व्यवसाय चलायमान हुन नसकेकोमा व्यवसायीहरुको चिन्ता

भैरहवा, भदौ २४ । उद्योगी–व्यवसायीले उद्योग–व्यवसाय चलायमान हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाका नवआगन्तुक प्रमुख कर अधिकृत प्रेम राज पोखरेलसँगको भेटघाट तथा छलफल कार्यक्रममा व्यवसायीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले धेरै व्यवसाय गरेर राज्यलाई कर तिर्न चाहे पनि अवस्था त्यस्तो हुन नसकेको बताए ।कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योग–व्यवसाय वर्षेनी कम हुँदै गएको बताए । उनले भने, ‘राजस्व उठेन भनेर माथिल्लो निकायबाट आन्तरिक राजस्व कार्यालयलाई दबाब हुने र कार्यालयले व्यवसायीलाई दबाब दिने कार्य उचित होइन ।’ उनले व्यवसायीले दुःख पाउन नहुने बताए । अध्यक्ष श्रेष्ठले व्यवसायीले ऐन कानूनमा रहेर काम गर्नुपर्छ भन्ने संघको मान्यता रहेको स्पष्ट पारे । उनले कुनै व्यवसायीले नियतवश वा अन्जानमा गलत गरेको छ भन्ने कुरा बुझिदिन आग्रह गरे ।त्यस्तै सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सतिष कुमार कौशल (दीपक) ले व्यवसायीले पुरानो सुनलाई आम्दानीको रुपमा देखाउन सकिन्छ भन्ने रहे पनि व्यवहारमा लागू हुन नसकेको बताए ।सिद्धार्थ उद्योग वाणिज्य संघका परामर्शदाता पशुपति प्रसाद कान्दुले उद्योग चलाउन ग्राहो भएको अवस्थामा सरकारी निकायबाट पनि दुःख पाएको गुनासो गरे ।संघका सचिव मंगल भण्डारीले बील जारी गर्दा भीसीटीएस अनिवार्य हो वा होइन भन्ने अन्यौलता रहेको बताए ।संघका कार्यसमिति सदस्य विरेन्द्र ज्ञवालीले बीलमा एचएस कोड राख्नुपर्ने अनिवार्य हो वा होइन भन्दै प्रश्न गरे ।संघका कर्पोरेट उपाध्यक्ष रोहित कुमार अग्रवालले आर्थिक कारोबारको रेसियो (अनुपात) घट्दो अवस्थामा रहेको बताए ।संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले बजारलाई चलायमान कसरी गराउने भन्ने विषयमा केन्द्रीत हुनुपर्ने बताए । उनले बीलमा एचएस कोड राख्नुपर्नेबारे अन्यौलता रहेको बताए । उनले बुटवल–नारायणगढ सडक निर्माणसम्पन्न नहुँदा यस क्षेत्रमा व्यापार सुस्ताएको बताए ।पूर्वअध्यक्ष कूल प्रसाद न्यौपानेले मुख्य चोकमा सटरहरु खाली रहेको बताए । उनले भने, ‘व्यवसायलाई कसरी हुन्छ चलायमान बनाउनुपर्छ । धेरै कारोबार गरेर राज्यलाई राजस्व तिर्न चाहन्छौं । तर, व्यवसाय घाटामा छ ।’लुम्बिनी प्रेस क्लब, रुपन्देहीका सचिव प्रकाश न्यौपानेले करका दायरामा नआएका व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।सिद्धार्थ उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य यमकला न्यौपानेले भन्सार व्यवस्थापनमा ध्यान दिनुपर्ने बताइन् ।संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए । उनले फूड अडिटको नाममा व्यवसायीले दुःख पाएको बताए ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले हिजो र आजको अवस्थामा धेरै फरक रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले अनुगमनको काममा केही व्यवसायीले दुःख पाएको बताए । संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।1725855603-FBhzH.jpg
‘राम्रो काम गर्ने व्यवसायीलाई दुःख दिन्नौं’
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले राम्रो काम गर्ने व्यवसायलाई दुःख दिने र धरपकड नगर्ने स्पष्ट पारे । उनले गलत कार्य गर्नेलाई कारवाही गर्न उद्योगी व्यवसायीहरुको साथ र सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘नक्कली फर्म दर्ता गरेर सामान आयात गर्ने, बेच्ने अनि भाग्ने पनि प्रवृत्ति छ । नक्कली बिल बेच्ने व्यक्तिहरु सक्रिय छन् । कार्यालयलाई सूचना दिनुहोस् । इमान्दारीपूर्वक काम गर्नेले साथ दिनुपर्छ । यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछु ।’ उनले गलत कार्य गर्नेलाई छोडे राम्रो गर्नेको कसरी संरक्षण हुन्छ भन्दै प्रश्न गरे । उनलाई ग्राहकलाई पनि जिम्मेवारी बनाउनुपर्नेमा जोड दिए ।


लुम्बिनी चिन्तन

थप समाचार