Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

वीपीको योगदानलाई स्मरण गर्दै नेपाली काङ्ग्रेस रुपन्देहीद्धारा ५ किलोमिटरको म्याराथुन आयोजना, धनु र सरितालाई उपाधि


  • लुम्बिनी चिन्तन
  • भाद्र २४, २०८१ सोमवार
  • 368
    SHARES

वीपीको योगदानलाई स्मरण गर्दै नेपाली काङ्ग्रेस रुपन्देहीद्धारा ५ किलोमिटरको म्याराथुन आयोजना, धनु र सरितालाई उपाधि

भैरहवा, भदौ २४ । १११औं वीपी जन्मजयन्तीको अवसरमा नेपाली काग्रेस रुपन्देहीले खुल्ला हाफ म्याराथन प्रतियोगीता सम्पन्न गरेको छ ।

लुम्बिनी रोडको एयरर्पोट बाटसुरु भएको म्याराथुन भैरहवाको मिलनचोकमा आएर समापन भएको थियो । लुम्बिनी रोडको एयरर्पोट बाटसुरु भएको म्याराथुन भैरहवाको मिलनचोकमा आएर समापन भएको थियो । प्रतियोगितामा खुल्ला हाफ म्याराथनको पुरुष तर्फको उपाधि धनु मानन्धर र महिला तर्फको उपाधि सरिता कुमारी बस्नेतले जितेका थिए।

प्रतियोगीतामा निर्धारित दुरी पुरुष तर्फ मानन्धरले १५ मिनेट ५२ सेकेन्डमा दौड पुरा गरि प्रथम स्थान हासिल गरेका हुन् । त्यस्तै १६ मिनेट ४ सेकेन्डमा लक्ष्य पार गर्दै उमेश बरई द्वितीय, १६ मिनेट २५ सेकेन्डमा अजय पाण्डेले निर्धारित दुरी पार गरि तृतीय स्थान प्राप्त गरे । यस्तै महिला तर्फ सरिता कुमारी बस्नेतले २१ मिनेट २९ सेकेन्डमा दौड पुरा गरि प्रथम स्थान हासिल गरेकी हुन ।

त्यस्तै २१ मिनेट २९ सेकेन्डमा लक्ष्य पार गर्दै कुसुम ठगुन्ना द्वितीय, २१ मिनेट ४४ सेकेन्डमा विपना केसीले निर्धारित दुरी पार गरि तृतीय स्थान प्राप्त गरे । यस्तै सान्तवना तर्फ ५८ वर्षिय हरिश चन्द्र श्रेष्ठ र ११ वर्षिय द्वय मयक अग्रवाल र सादिप पठान ले निर्धारित दुरी पार गर्दै पुरस्कृत भए ।

विजेता दुवै विधाका धावक प्रथम हुनेले १० हजार, प्रमाण पत्र र मेडल, द्वितीय हुनेले ५ हजार, प्रमाण पत्र र मेडल, तृतिय हुनेले ३ हजार, प्रमाण पत्र र मेडल र सान्त्वना हुने तिनै जनालाई १ हजार ५ सय रुपैयाँ, प्रमाण पत्र एवं मेडलबाट पुरस्कृत गरिएको प्रतियोगिता सयोजक ओमकुमार श्रेष्ठले जानकारी दिए । विजेताहरुलाई प्रदेश सभा सदस्य अब्दुल रज्जाक, पालिकाका प्रमुखहरु र पार्टीका रुपन्देही सभापति रामकृष्ण खाँणले पुरस्कृत गरेका थिए ।  

 

123a5f1f-250a-4572-9175-420852eace97.jfif

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाका धावक, काँग्रेस शुभेच्छुक र सर्वसाधारण गरि करिब ४ सय ५० जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य रज्जाकले गरेका थिए ।
युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै यसको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको थियो । विहान ७ बजे सुरु भएको पाँच किलोमिटरको प्रतियोगिता भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट सुरु भई लुम्बिनी रोड, बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान हुँदै मिलनचोक आएर समापन भएको थियो ।  73faf2a6-2794-4e8a-b580-be2af9951983.jfif


लुम्बिनी चिन्तन

थप समाचार