Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

निर्माण पेशामा आवद्ध सबैको बिमा अनिवार्य हुनुपर्ने मजदुरहरुको माग


  • लुम्बिनी चिन्तन
  • भाद्र २५, २०८१ मंगलवार
  • 496
    SHARES

निर्माण पेशामा आवद्ध सबैको बिमा अनिवार्य हुनुपर्ने मजदुरहरुको माग

भैरहवा, भदौ २५ । नेपाल निमार्ण तथा सम्बद्ध श्रमिक संघ नगर समिति भैरहवाको १४औँ वार्षिक परिषद सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं. ७ जनक पथमा कार्यक्रम सम्पन्न भएको हो ।

 

कार्यक्रममा राम प्रसाद पासवानले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश समिति सचिव खगेन्द्र पौडेलको प्रमुख अतित्यथा रहेको थियो भने जिल्ला समिति अध्यक्ष सूर्यदेव दास, भैरहवाका नगर समिति अध्यक्ष रामविद्या विश्वकर्माको सभापतित्व तथा प्रदेश ५ का सदस्य राजाराम मौर्य, शशि घोताने, तिल बहादुर व्हिस्की र सोम गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

kp news.01_44_23_28.Still015.jpg

कार्यक्रममा उपस्थित वक्ताहरुले निर्माण पेशामा आवद्ध मजदुर हरुको बिमा अनिवार्य हुनुपर्ने र नेपाल सरकारले सामाजिक सुरक्षा प्रत्याभूत गराउनुपर्नेमा बताए । यसैगरी संघले मजदुरहरुको हकहितको लागि पनि कार्यहरु गर्दैजाने प्रतिबद्धता जनाएको छ । साथै संघले सम्पूर्ण मजदुरहरुलाई एक हुन् आग्रहरु पनि गरे ।

 

नगर समिति सचिव चन्द्रिका धवलको संचालनमा कार्यक्रम समपन्न भएको थियो । kp news.01_43_49_13.Still017.jpg


लुम्बिनी चिन्तन

थप समाचार