Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कानून कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे प्र.जि.अ अर्यालसँग कानूनका विद्यार्थीहरुले गरे अन्तरक्रिया


  • लुम्बिनी चिन्तन
  • भाद्र २८, २०८१ शुक्रवार
  • 464
    SHARES

कानून कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे प्र.जि.अ अर्यालसँग कानूनका विद्यार्थीहरुले गरे अन्तरक्रिया

भैरहवा, भदौ २८ । कानून कार्यान्वयनमा अर्धन्यायिक निकायको भूमिकाबारे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग कानूनका विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् । तिलोत्तमा नगरपालिकाको जानकीनगरमा अवस्थित बीए एलएलबी अध्यापन हुने लुम्बिनी इन्टिग्रेटेड एकेडेमीको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा प्रजिअ अर्यालले जिल्ला प्रशासन कार्यालयले कानून कार्यान्वयनको लागि स्थानिय सरकारी निकायहरुसँग समन्वय गरिएको बताए । संघीयतापछि पनि जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाका लागि सुरक्षा निकायहरु परिचालन गर्ने, विवाद समाधानको लागि आवश्यक कदम चाल्ने जस्ता कार्यहरु गर्ने स्पष्ट पारे । 
अन्तरक्रियाका क्रममा विद्यार्थीहरुको प्रश्नहरुको उत्तर दिदै प्रजिअ अर्यालले आफू रुपन्देहीमा आइसकेपछि नागरिक वडापत्रको अडियो भर्सन बनाएको, नेपाल भारत सीमामा एकद्वार प्रणालीबाट सुरक्षा जाँच गर्ने व्यवस्था गराएको, विमानस्थलको जग्गा संरक्षण गरेको बताए । उनले विद्यार्थीहरुलाई अहिलेको प्रविधिको उपयोग गरी संसारको ज्ञान हासिल गर्न उत्प्रेरित गरे ।


लुम्बिनी चिन्तन

थप समाचार