Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

तिलोत्तमामा एक पुरुषको शव फेला


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०८१ सोमवार
  • 594
    SHARES

तिलोत्तमामा एक पुरुषको शव फेला

भैरहवा, भदौ ३१ । सोमबार विहान रुपन्देहीको तिलोत्तमामा एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जेब्रा झोलामा पोका पारिएको अवस्थामा अन्दाजी २५÷२६ वर्ष उमेरका युवाको शव फेला परेको हो । 
तिलोत्तमा–१३ चिलिया (मधवलिया चोकदेखि पश्चिम) स्थित खेतमा काम गर्न गएका स्थानीयले बोरामा पोका पारेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार उक्त शव करिब १ सातादेखि रहेको हुन सक्ने प्रहरी नायव उपरीक्षक पण्डितले बताए । मधेशी मूलको जस्तो देखिने उक्त पुरुषको शवलाई भित्रबाट प्लाष्टिकको बोरामा पोको पारी बाहिरबाट तन्ना र त्यसबाहिर जेब्रा झोलामा पोका पारिएको अवस्थामा भेटिएको हो । 
शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । शव बारे कुनै पनि पहिचान नखुलेको र हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ । 


लुम्बिनी चिन्तन

थप समाचार