Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनीको विकास कोषको आम्दानीको ५० प्रतिशत स्थानीय विकासमा लगाउन माग


  • लुम्बिनी चिन्तन
  • आश्विन १७, २०८१ बिहिवार
  • 264
    SHARES

लुम्बिनीको विकास कोषको आम्दानीको ५० प्रतिशत स्थानीय विकासमा लगाउन माग

भैरहवा, १७ असोज ।
लुम्बिनी बचाउ महाअभियान, लुम्बिनीले लुम्बिनी विकास कोषको आम्दानीमा कम्तीमा ५० प्रतिशत स्थानीय विकासका लागि छुट्याउनुपर्ने माग सम्बोधन गर्नेपर्ने बताएको छ । महाअभियानले बुधबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । 

महाअभियानका संयोजक अकरामुद्दीन खाँले संघीयताको मर्म र भावनाअनुरुप लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख, स्थानीय प्रदेश सभा सदस्य र संघीय सांसद्लाई कोषको पदेन सदस्य बनाउन विधानतः व्यवस्था हुनुपर्ने माग गरे ।  ‘बुद्ध जन्मस्थल लुम्बिनी सदियौदेखि नै स्थानीयको सुरक्षामा संरक्षित रहेकोमा अबदेखि कोषको कार्यकारिणी समितिको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिव लगायतका पदाधिकारीहरु तथा उच्च पदस्थ कर्मचारी समेतमा योग्यता र क्षमताका आधारमा स्थानीय नै हुनुपर्ने माग छ ।

स्थानीयको सहभागीता बिना लुम्बिनीको गुरुयोजनाले सार्थकता पाउन नसक्ने उनले जिकिर गरे । अबका दिनमा लुम्बिनीको विकास र पहरेदारीको जिम्मा स्थानीयलाई सुम्पिनुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ ।

संयोजक खाँले एशियाली विकास बैंक (एडीबी) बाट लुम्बिनी विकास कोषलाई अनुदानमा प्राप्त विद्युतीय बस र भ्यानहरु आन्तरिक तथा बाह्य पर्यटकलाई यथाशिघ्र सञ्चालन गरिनुपर्ने माग गरे । लुम्बिनी गुरुयोजना अनुसार साँस्कृतिक ग्राम क्षेत्रभित्र एक माध्यमिक विद्यालय र अस्पतालको निर्माण हुनुपर्ने महाअभियानको माग रहेको उनले बताए ।

महाअभियानका सह–संयोजक मेघनाथ आचार्यले लुम्बिनीभित्रको विकृति, विसंगतिविरुद्ध आवाज उठाउँदै आएको बताए । उनले अनाधिकृत संरचना बनाएर कोषभित्र गेष्ट हाउस सञ्चालन गरिएको भन्दै त्यसलाई बन्द गर्न माग गरे ।

महाअभियानका सदस्य राम विकास चौधरीले स्थानीयको आवाजलाई नसुनिदिने, वेवास्ता गर्ने लुम्बिनी विकास कोषका  सम्पूर्ण पदाधिकारीले राजीनामा दिनुपर्ने माग गरे ।


लुम्बिनी चिन्तन

थप समाचार