Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा शुभकामना आदानप्रदान


  • लुम्बिनी चिन्तन
  • आश्विन १८, २०८१ शुक्रवार
  • 290
    SHARES

दुर्गा सामुदायिक सेवा केन्द्रद्वारा शुभकामना आदानप्रदान

भैरहवा साउन १७/
श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ ले शुभकामना आदानप्रदान तथा घटस्थापना पूजा गरेको छ । विजया दशमीको अवसर पारेर बिहीबार सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित दुर्गा मन्दिरमा पूजा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।

अग्रज सरस्वती न्यौपानेबाट विधिवत मन्दिरमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको गुप्ताले बताए ।

केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता तथा महासचिव शान्ता कंडेलको सञ्चालनमा भएको कार्यक्रममा चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, दुर्गा सामुदायिक सेवा केन्द्रका पूर्वअध्यक्षहरु, सल्लाहकार, कार्यसमिति सदस्य तथा विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा सामुदायिक केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द न्यौपानेले जानकारी दिए ।

अध्यक्ष गुप्ताका अनुसार मन्दिर सरसफाई तथा सजावटमा विगतझै यस वर्ष पनि एकता महिला समूहले सहयोग गरेको थियो ।

कार्यक्रममा सामुदायिकका उपाध्यक्ष सुक बहादुर आले, कल्पना ज्ञवाली, सकुन्तला अधिकारी, पुनम क्षेत्री, शान्ति भण्डारी, सुनिता शर्मा, कोषाध्यक्ष नन्द किशोर यादव, प्रहरी सहायक निरीक्षक सीता चुनारालगायतको विशेष सहयोग रहेको सामुदायिक केन्द्रले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार