भैरहवा, १६ असोज ।
सक्षम सहारा बहुउद्देश्यीय महिला समूह सिद्धार्थनगर नगरपालिका–६, किशोरपुर, रुपन्देहीले भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा कार्यक्रम गरिएको समूहकी अध्यक्ष शान्ता कंडेलले बताइन् ।
त्यस्तै श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ का अध्यक्ष अजय कुमार गुप्ताले सक्षम सहारा बहुउद्देश्यीय महिला समूह उदाहरणीय संस्था रहेको बताए । उनले समूहको नेतृत्व र सदस्यहरुको क्रियाशिलताका कारण यो संस्था आफ्नै भवनमा सञ्चालन भइरहेको बताए । उनले संस्थालाई अघि बढाउन साथ र सहयोग गर्ने बताए ।
सक्षम सहारा बहुउद्देश्यीय महिला समूहकी अध्यक्ष शान्ता कंडेलको अध्यक्षता, समूहकी कोषाध्यक्ष खिम कुमार थापाको स्वागत तथा सह–सचिव रविना भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार सिंह गुरुङ्ग, नापी कार्यालय बुटवलका पूर्व कार्यालय प्रमुख ठाकुर प्रसाद गुरौ, हिन्दू युवा बाहिनी लुम्बिनी प्रदेशका अध्यक्ष पुरन सिंह राना लगायतले भनाइ राखेका थिए ।