Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मदिरा व्यवसायी संघ भैरहवाद्वारा शुभकामना आदानप्रदान


  • लुम्बिनी चिन्तन
  • आश्विन १९, २०८१ शनिवार
  • 550
    SHARES

मदिरा व्यवसायी संघ भैरहवाद्वारा शुभकामना आदानप्रदान

भैरहवा असोज १९।

मदिरा व्यवसायी संघ भैरहवा रुपन्देहीले शुक्रबार भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा कार्यक्रम गरिएको संघका अध्यक्ष बाबुराम पाण्डेले बताए । उनले अरुलाई असर नपर्ने गरी मर्यादित ढंगले चाडपर्व मनाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले यस वर्ष विपद्का कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताए । उनले अरुलाई देखाउन ऋण लिएर चाडपर्व मनाउन नहुने बताए । उनले विशेष गरी चाडपर्वको बेला तीव्र गतिमा सवारीसाधन चलाइएको पाइएकोले यस्तो कार्य नगर्न आग्रह गरे । 

त्यस्तै विशिष्ट अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसपटक फरक परिवेशमा दशैं मनाउन लागिएको बताए । उनले भने, ‘विपद्का कारण धेरैजनाले ज्यान गुमाउनुपर्यो ।’उनले चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिम बहादुर खत्री, जेसीआई सिद्धार्थ लेडी, नेपालकी अध्यक्ष संगिता आचार्य, सिद्धार्थ सञ्जाल रुपन्देहकिा अध्यक्ष अनिल कुमार ज्ञवाली, नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझी, गोर्खा ब्रुअरीका प्रतिनिधि गोपाल फुयाल लगायतले बोलेका थिए ।

कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मी र आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेललाई स्वागत गरिएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशासन बन्दै कार्यसम्पादनमा पहिलो बनेको भन्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सम्मान गरिएको कार्यक्रम संयोजक सुन्दर भण्डारीले बताए । त्यस्तै विभिन्न कम्पनीका प्रतिनिधिहरुलाई पनि सम्मान गरिएको भण्डारीले जानकारी दिए ।

मदिरा व्यवसायी संघ भैरहवाका महासचिव यादव पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार