तिलोत्तमा । पशुपति कलेज तिलोत्तमा–१६, कोटिहवाको सञ्चालक समिति अध्यक्षमा तामबहादुर राना निर्वाचित भएका छन् । राजनीतिकरुपमा दुई प्यानलबीच भएको प्रतिष्पर्धामा काँग्रेस निकट अर्चित श्रेष्ठलाई ३७ मतले हराउँदै केपि शर्मा ओली नेतृत्वको नेकपा एमाले निकट राना अध्यक्षमा निर्वाचित भएका हुन् । उनले १२९ मत प्राप्त गरे भने श्रेष्ठले ९२ मत ल्याए ।
एकजना सदस्यबाहेक राना नेतृत्वकै पुरै प्यानल विजयी भएको छ । उपाध्यक्षमा लिला बल्लभ गैरे १३९ मत ल्याइ विजयी भएका छन् । त्यसैगरी सदस्यहरुमा भीमलाल बस्याल, गोमा गैरे, पूर्णभद्र बस्याल, देवानन्द पाण्डे, भूपति न्यौपाने र अर्का सदस्यमा काँग्रेस निकट शेरबहादुर थापा निर्वाचित भएका छन् ।
निर्वाचनमा काँग्रेस र जनमुक्तिका साथै माधव नेपाल नेतृत्वको समूहबीच तालमेल भएको थियो भने एमालेलाई माओवादी केन्द्रले समर्थन गरेको थियो । काँग्रेस निकट प्यानललाई जिताउन पुर्वमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालका स्वकिय सचिव मनोज रिजाल समेत खटिएका थिए ।