Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कपिलवस्तु दुर्घटनामा २ को मृत्यु ४ गम्भीर घाइते


  • लुम्बिनी चिन्तन
  • कार्तिक ८, २०८१ बिहिवार
  • 394
    SHARES

कपिलवस्तु दुर्घटनामा २ को मृत्यु ४ गम्भीर घाइते

 

 

कपिलवस्तु कार्तिक ८ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगे बजारमा विहिवार दिउँसो जिपले अटोलाई ठक्कर दिँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । 
जिल्ला टा्फिक प्रहरी कार्यालय गोरुसिँगेका प्रहरी प्रमुख निरिक्षक पंकज चुँदालीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको बा प्र ०१–०२९ च ९१५० नम्बरको जिपले विपरीत दिशाबाट आइरहेको लु १ ह ३०९२ नम्बरको अटोलाई ठक्कर दिँदा दुई जनाको  उपचार गर्न लगीदैं गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टफिक प्रहरी अनुसार मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१०, जनकपुरका ७२ वर्षीया सरस्वती पासी र ७५ वर्षका सावर केवटको मृत्यु भएको छ । 
घाइते पासीलाई उपचारका लागि तौलिहवा लैजाँदै गर्दा र अर्का घाइते केवटलाई उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा अटो चालक लोकबहादुर कुँवर, यात्रुरुहरू विद्यावती पासी, भानमती पासी र जवाहिर अहिर घाइते भएका छन् । 
घाइतेको चारै जनाको अवस्था गम्भीर रहेकाले बुटवल प्राली राजमार्ग चौराहामा आइसीयुमा राखी उपचार भैरहेको अटो चालक लोक बहादुरका छोरा दल बहादुर कुँवरले जानकारी दिनुभयो । 


लुम्बिनी चिन्तन

थप समाचार