भैरहवा । एसपी मनोज कुमार केसीले प्रविधि र पुलिसलाई सँगै जोडेर काम गर्ने बताएका छन । हालै मात्र सरुवा भई रुपन्देहीको प्रहरी प्रमुख भएर आएका एसपी केसीले भैरहवामा सञ्चारकर्मीहरुसँग चिया कार्यक्रममा बोल्दै स्वच्छता र इमान्दारितालाई तल्लो तह सम्म पु¥याई कार्यान्वयनका लागि पहल गर्ने बताए । 
मोरङ जिल्ला प्रहरी प्रमुख सहित विभिन्न जिल्ला र प्रहरी हेडक्वाटरमा काम गरिसकेका केसीले इमान्दारिता बोकेर नै रुपन्देही आएको बताए । स्वच्छता र इमान्दारिता कार्यान्वयन गराउनका लागि आए देखि नै बेष्ट इन्टीग्रिटी इन्चार्जबाट प्रत्येक महिना यहाँका युनिट इन्चार्जहरुलाई सम्मान गर्ने गरी योजना बनाएको छु । जिल्लामा १३ वटा प्रहरी निरिक्षक र प्रहरी नायब उपरिक्षकको कमाण्डमा युनिट छ सो मध्ये एक जनालाई प्रत्येक महिना र सई असईको कमाण्डमा रहेको ४६ वटा युनिटबाट ३ देखि ४ जनालाई उत्कृष्ट इन्चार्जबाट सम्मान गर्ने बताए । यसरी यो अवार्डबाट जो बञ्चित हुन्छ त्यसलाई निगरानीमा राखी उसको कार्यदक्षता अनुसार अन्यत्र लगाउने उनले बताए ।

इन्चार्ज प्रहरीको आचारण, भष्ट्राचारमा संलग्नता , मातहतमा भ्रष्टाचार नियन्त्रणको भुमिका र इन्चार्जको मातहत भएको कामको जानकारी वा सूचनाको अपडेट गरी ४ सुचकांकको आधारमा सो सम्मान अवार्ड पाउने छन । म गर्दिन अरुले पनि गर्दैनन भन्ने सोचका साथ इमान्दारिता मेरो पहिलो प्राथमिकता रहेको एसपी केसीले भने ।
विगतका कार्यभार सम्हालेको ठाउ र हेडक्वाटरमा पनि म योजना बनाउने र प्रविधिलाई जोडेर पुलिसिङ गर्ने कामसँग जोडिएकोले रुपन्देहीमा पनि यसलाई निरन्तरता दिने, आफु हुदा सम्म निरन्तर इमान्दारिताका साथ काम गर्ने र सुरक्षा व्यवस्था, तस्करी नियन्त्रण र नियमित कामलाई योजना बनाएर अगाडी बढाउने छु एसपी केसीले भने
पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्देै एसपी केसीले कोरोना महामारीमा सबै जुट्न सर्तकता अपनाउन, पत्रकारलाई सहज र छिटो सूचना उपलब्ध गराउन र पत्रकारहरुसँग सहकार्य र समन्वय गर्ने, यस क्षेत्रका समस्या समाधानका लागि सबैको सहयोगका साथ पहल गर्ने प्रतिबद्धता जनाए । 