Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा उद्योग व्यापार संगठन रुपन्देहले भैरहवामा सडक खाना महोत्सव गर्ने


  • लुम्बिनी चिन्तन
  • पौष ४, २०८१ बिहिवार
  • 340
    SHARES

अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा उद्योग व्यापार संगठन रुपन्देहले भैरहवामा सडक खाना महोत्सव गर्ने


भैरहवा पुस ४ । 
उद्योग व्यापार संगठन रुपन्देहीले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा भैरहवामा रुपन्देहीको भैरहवामा स्ट्रीट फूड फेस्ट–२०२५ (सडक खाना महोत्सव) हुने भएको छ । 
महोत्सवमा नेवारी, थारु, गुरुङ, मधेशी समुदायको जातीय खानादेखि चारतारे होटलसम्मका विदेशी खानाका परिकार रहने संगठनका अध्यक्ष दर्पण श्रेष्ठले जानकारी दिए । यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गरेका छौ अध्यक्ष श्रेष्ठले भने ।
नयाँ वर्षको पूर्व संध्यामा पुस १६ गते मंगलबार (डिसेम्बर ३१) मा महोत्सव राती ७ देखि १२ बजेसम्म सञ्चालन हुने छ । महोत्सवमा करिब डेढ करोड बराबरको कारोबार हुने आयोजकले अनुमान गरेका छन् । 
महोत्सवमा ५० वटा स्टल रहने र यसपटकको महोत्सवमा ३५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको संगठनका पुर्व अध्यक्ष नारायण भण्डारीले बताए  । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुने आशा जागेको सन्देश महोत्वमार्फत जाने उनको भनाइ छ ।  महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तती रहने उनले जानकारी दिए ।


आन्तरिक र भारतीय पर्यटकलाई केन्द्रीत गरेर महोत्सव आयोजना गर्न लागिएको संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । ‘महोत्सव सञ्चालन अवधिसम्म भारतीय पर्यटकको सहज रुपमा आवातजावतमा समस्या नहोस् भन्नका लागि सरकारी निकायसँग समन्वय गर्दैछौं, सुरक्षा र पार्किङको उचित प्रबन्ध गर्ने ’ज्ञवालीले बताए । 
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले पर्यटन प्रवद्र्धन र आर्थिक चलायमानका लागि नयाँनयाँ कार्यक्रम गर्दै जानुपर्नेमा जोड दिए ।
सिद्धार्थनगर नगरपालिका र युनिक साउण्डको सह–आयोजनामा हुने महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेश र प्रवद्र्धकमा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश रहेको संगठनका महासचिव लक्ष्मी अधिकारीले बताईन । 
त्यस्तै सहयोगी संस्थामा नाट्टा लुम्बिनी प्रदेश, सिद्धार्थ होटल संघ, सिद्धार्थ सञ्जाल, रुपन्देही, इभेन्ट म्यानेजमेन्ट संघ, रुपन्देही, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही, आस्था महिला उद्यमी संघ र मदिरा व्यवसायी संघ भैरहवा रहेको संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले जानकारी दिए ।


लुम्बिनी चिन्तन

थप समाचार